Logo

एप्समार्फत सरकारी सेवा दिन नागरिक एप्स संचालन, लाईसेन्स, पान नम्बरदेखि रोजगारीसम्म एप्सबाटै

एप्समार्फत सरकारी सेवा दिन नागरिक एप्स संचालन, लाईसेन्स, पान नम्बरदेखि रोजगारीसम्म एप्सबाटै



काठमाडौं । सरकारले नागरिकहरुलाई मोबाईल एप्समार्फत नै सेवा प्रवाह गर्ने भएको छ । सरकारले प्रदान गर्दै आएको विभिन्न सेवा सुविधा प्रदानका लागि नागरिक एप्स संचालनमा ल्याउने भएको छ । विद्युतीय प्रविधिमार्फत जनतालाई सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले उक्त एप्स संचालनमा ल्याउने भएको हो ।

नेपाल दूरसंचार प्राधिकरणले एक सुचना जारी गर्दै मोबाईलमार्फत विभिन्न प्रकारका सेवा प्रवाह गर्ने उद्देश्यले ल्याउन लागिएको उक्त एप्सका लागि मोबाईल नम्वर भने आफ्नै प्रयोग गर्नुपर्ने जानकारी दिएको छ ।

कुनै व्यक्तीले मोबाईलमा प्रयोग गर्ने सिम निकाल्ने बेलामा नै उसको सबैजसो सुचना दर्ता भईसक्ने भएकाले सोही मार्फत नै नागरिकले कुनै फारम भर्दा या सरकारी सेवा लिँदा मोबाईलमार्फत म्यासेज पठाएर सेवा लिन सक्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

उदाहरणका लागि कुनै सेवाग्राहीले लोकसेवा आयोगको फारम भर्ने बेलामा पनि आफ्नो मोबाईलमार्फत म्यासेज पठाउँदा हुने छ । यसपछि पुरै फारम नै भरिराख्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

नागरिकहरुको सहजताका लागि भन्दै प्रधानमन्त्री कार्यालयले नै यसको समन्वय गरेर कार्यान्वयनमा ल्याउन लागिएको प्राधिकरणका अध्यक्ष खनालले बिजखबरलाई जानकारी दिए । उनका अनुसार सरकारी सेवा जस्तै जागिरको लागि आवेदन दिन, नागरिकता निकाल्न, पान नंवर निकाल्न, लाईसेन्सका लागि आवेदन दिन लगायतका फिचरहरु उक्त एप्समा समावेश हुनेछन ।

तर त्यसका लागि सेवाग्राहीले मोबाईलको सिमकार्ड भने आफ्नै नामको दर्ता गराउनुपर्ने छ । मोबाईलको सिम निकाल्दा प्रयोग गरिएको सुचना नै उक्त एप्समार्फत कुनै सरकारी फारम भर्नुपरेमा स्वतः भरिनेछ । सरकारले सबै नागरिकहरुको मोबाईल नम्वर नागरिक एप्समा समाबेश गर्ने भएको छ । साथै अन्य व्यक्तिको नाममा सिम चलाईरहेका सेवाग्राहीलाई पनि सरकारले उक्त सुचनामार्फत उक्त सिम आफ्नो नाममा दर्ता गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL