Logo

गौतमबुद्ध विमानस्थलबाट उडान गर्न भारतले दियो अनुमति, भैरहवा र जनकपुरबाट दुई तर्फि उडान गर्न सकिने

गौतमबुद्ध विमानस्थलबाट उडान गर्न भारतले दियो अनुमति, भैरहवा र जनकपुरबाट दुई तर्फि उडान गर्न सकिने



काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान अवतरण गर्न भारतीय पक्षले हवाई रुट उपलब्ध गराएको छ ।

भारतीय पक्षलाई नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुट उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरे पनि उनीहरुले भने भैरहवा र जनकपुरबाट मात्रै प्रवेश गर्न अनुमति दिएको प्राधिकरणले जानकारी दिएको छ ।

नेपालले ४ ओटा हवाई रुट माग्दै आएको भए पनि तत्कालका लागि २ ओटामात्रै हवाईरुट उपलब्ध गराएको प्राधिकरणका निर्देशक दिपक बरालले जानकारी दिएका छन ।

‘हामीले नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुट मागेका थियौं तर उनीहरुले कर्मचारी तहको कुरा सुनेन अन्य रुटको अनुमति दियो ।’ उनले भने, ‘काठमाडौं भैरहवा लखनौउ हुँदै दिल्ली जानु पर्ने हुन्छ । यस अघि काठमाडौंबाट एक तर्फिमात्रै उडान हुन्थ्यो अब दुई तर्फि भएको छ यसलाई राम्रै मान्नु पर्छ ।’

नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध विमानस्थलबाट उडान गर्दा भारतको भूमि प्रयोग गर्नुपर्ने अवस्था छ । भारतले रुट नदिएसम्म विमानस्थलबाट उडान गर्न समस्या हुने थियो । आगामी डिसेम्बरभित्रमा सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको सो विमानस्थलको भौतिक संरचनाको काम ७३ प्रतिशत सकिएको छ ।

केही महिनाभित्र विमानस्थल सञ्चालनको मोडालिटी तयार पारी नेपालले नै सञ्चालन गर्ने की विदेशी कम्पनीलाई दिने भन्ने विषयमा पनि टुङ्गोमा पुगिने मन्त्री भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL