Logo

गौतमबुद्ध विमानस्थलाई विधुत प्राधिकरणको साथ, एक महिना भित्रै डेडिकेटेड प्रसारण लाइन

गौतमबुद्ध विमानस्थलाई विधुत प्राधिकरणको साथ, एक महिना भित्रै डेडिकेटेड प्रसारण लाइन



काठमाडौं । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा डेडिकेटेड प्रसारण लाइन बनाउने भएको छ । आईतबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा उर्जा मन्त्रालयमा सो विषयमा छलफल भएको थियो ।

सोही छलफलको आधारमा उक्त विमानस्थलमा विद्युत प्राधिकरणले डेडिकेटेड प्रसारणलाईन बनाउने सहमति भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । उक्त आयोजना समयमै सम्पन्न गर्न आजैको मितिबाट ३ हप्ता भित्रै सडकमा रहेका पोलहरु हटाउने र प्राधिकरणले विमानस्थललाई एक महिना भित्रै डेडिकेटेड प्रसारण लाइन उपलब्ध गराउने गरी सहमति भएको छ ।

विमानस्थल निर्माणका लागि विद्युत सेवा उपलब्ध गराउनुपर्ने देखिएपछि ऊर्जाले अन्तरसरकारी निकायबीचको समन्वयको आधारमा डेडिकेटेड प्रसारण लाइन बनाउने सहमति जुटेको हो । आईतबार भएको छलफलमा नेपाल विद्युत प्राधिकरण, सडक विभागलगयतका तर्फबाट गर्नुपर्ने काम पनि तत्काल सुरु गर्ने सहमति भएको हो । साथै नागरिक उड्डयन मन्त्रालयबाट आवश्यक सहजीकरण गर्ने भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

छलफलमा मन्त्री पुनले विकासमैत्री भएर काम गर्न मातहतका कर्मचारी र निकायलाई निर्देशन समेत दिईसकेको छ । पर्यटनमन्त्री भट्टराईले विमानस्थल निर्माणका क्रममा देखिएका समस्या तथा विद्युत सेवाका लागि गर्नुपर्ने काम कारवाहीका बारेमा जानकारी गराएका थिए ।

हालै मात्र उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री भट्टराईले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा विशेष जोड दिने बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL