Logo

फेसबुकका लागि हामीले कति खर्च गर्छौं?, यस्तो छ विभिन्न एप्समा हुने हाम्रो मासिक खर्च

फेसबुकका लागि हामीले कति खर्च गर्छौं?, यस्तो छ विभिन्न एप्समा हुने हाम्रो मासिक खर्च



काठमाडौं । तपाईँ गुगल म्यापको लागि कति पैसा तिर्नुहुन्छ ? अनि फेसबुक र ट्विटरका लागि नि ?
तपाईँ हामीले दैनिकजसो चलाउने एप्लिकेशनहरु निशुल्क हुन्छन तर मासिक रुपमा चलाउनु पर्याे भने शुल्क पर्दछ । यस्तै तपाईँ कुनै पनि एप्लिकेशनको पहुँच बनाईराख्न कत्ति रुपैयाँसम्म खर्च गर्नुहुन्छ ?

laxmi

सिकागोको डिजाईन तथा विज्ञापन एजेन्सी म्याक गफिन कम्पनीले हालै गरेको सर्वेक्षणमा २ हजार जनालाई ईन्टरनेटमार्फत चल्ने एप्लिकेशनमा प्रतिमहिना कति सम्म खर्च गर्छन भन्ने प्रश्न गरिएको थियो ।

उक्त अध्ययनमा दैनिक १ अर्ब माथि प्रयोगकर्ता भएको विच्याट लगायतका चिनियाँ एप्लिकेशनहरु समावेश गरिएको थिएन । उक्त सर्वेक्षणमा धेरै पैसा खर्च गरिने एप्लिकेशनमा युट्युव परेको छ । जसका लागि हामीले ४ दशमलव २० डलर मासिक खर्च गर्ने गरेका छौं ।

यस्तै धेरै जना मानिसहरु ह्वाट्सएप चलाउने भएपनि मासिक खर्च भने यसका लागि युट्युवको भन्दा २ डलरले कम खर्च गर्ने गरेको देखिएको छ । यस्तै युट्युव पछि धेरै प्रयोगकर्ताले धेरै पैसा खर्च गर्ने एप्लिकेशनमा गुगल म्याप परेको छ ।

गुगल म्यापका लागि प्रयोगकर्ताहरुले मासिक लगभग ३ दशमलव ४८ डलर खर्च गर्ने गरेका छन । यस्तै धेरै प्रयोगकर्ता भएको फेसबुकका लागि भने प्रयोगकर्ताहरुले मासिक २ दशमलव ९२ डलर खर्च गर्ने गरेका छन, फेसबुक धेरै खर्च गरिने एप्लिकेशनको स्थानको चौथो स्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL