Logo

सामसुङ र सोनी टिभी एसेम्बल गर्ने कम्पनीमा राजस्वको छापा, अनिल केडियालाई २५ करोड कर तिर्न राजस्वको पत्र

सामसुङ र सोनी टिभी एसेम्बल गर्ने कम्पनीमा राजस्वको छापा, अनिल केडियालाई २५ करोड कर तिर्न राजस्वको पत्र



काठमाडौं । अन्तरिक राजस्व विभागले राजस्व छली गर्ने अनिल ट्रड कन्सर्नलाई २५ करोड रुपैयाँ जरिमाना गरेको छ । नेपालमा सामसुङ र सोनी टिभीको एसेम्बल गरी बिक्री गर्दै आएका अनिल केडियालाई राजस्व छली गरेको आरोपमा आन्तरिक राजस्व कार्यालय न्यूरोडले २५ करोड रुपैयाँ जरिमाना गरेको हो ।

अनिल ट्रेड कन्सर्नले विभिन्न कर्मचारीको नाममा कम्पनी दर्ता गरी विदेशबाट टिभीका पार्टपूर्जा आयात गर्दै सामसुङ र सोनी ब्राण्डका भित्री बनाएर बिक्री गर्दै आएको थियो ।

राजस्व छली गरेको गोप्य सूचनाको आधारमा विभागले अनिल ट्रेड कन्सर्न माथी छापामारी आर्थिक बर्ष २०६८/६९ देखि आब २०७६/७५ सम्मको कागजात नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । उक्त कागजातको आधारमा ४० करोड रुपैयाँको कारोबार रकम कर नतिर्ने उद्देश्यले छलि गरेको राजस्व कार्यालयले जानकारी दिएको छ ।

जसमा आयकर वापत करिव ९ करोड रुपैयाँ र मूल्य अभिवृद्धि कर वापतको जरिमाना रकम समेत गरी १६ करोड २२ लाख रुपैयाँ गरी कुल २५ करोड रुपैयाँ राजस्व छली गरेको राजस्व कार्यालयले जानकारी दिएको छ ।

उक्त रकम तिर्नका लागि न्यूरोडको पिनट् विल्डिङमा रहेको अनिल ट्रेड कन्सर्नलाई पत्र बुझाउन कर्मचारी जाँदा लिन नमानेकाले हुलाकमार्फत पत्र पठाइएको समेत आन्तरिक राजस्व कार्यालय न्यूरोडले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL