Logo

यी हुन विश्वका धेरै पर्यटक भित्र्याउने संग्रहालय, १ बर्षमा १ करोड पर्यटक

यी हुन विश्वका धेरै पर्यटक भित्र्याउने संग्रहालय, १ बर्षमा १ करोड पर्यटक



काठमाडौं । पेरिसको लउवर संग्रहालय विश्वकै धेरै पर्यटक भित्र्याउन सफल संग्रहालय बनेको छ । सन २०१८ मा विश्वका धेरै संग्रहालय मध्ये उक्त संग्रहालय विश्वकै धेरै पर्यटक भित्रिएको संग्रहालयमा परेको हो ।

उक्त संग्रहालयले १ बर्षभरीमा १ करोड २० लाख जना पर्यटक आकर्षित गरेको थियो । एक तथ्याङ्क अनुसार ७ लाख ८३ हजार वर्गफिटमा फैलिएको उक्त संग्रहालयमा ३८ हजार भन्दा बढि विभिन्न वस्तु तथा तथ्यहरु हेर्नका लागि राखिएका छन ।

यस्तै विश्वका धेरै आगन्तुक आकर्षण गर्न सक्ने संग्रहालयको दोस्रो स्थानमा भने चीनको वेईजिङस्थित राष्ट्रिय संग्रहालय परेको छ । तथ्याङ्क अनुसार उक्त संग्रहालयमा १ बर्षमा ८६ लाख पर्यटकहरुले भ्रमण गरेका थिए ।

तथ्याङ्क अनुसार ७३ लाख पर्यटक भित्र्याएसँगै न्युयोर्ककको मेट्रोपोलिटान म्युजियम अफ आर्ट तेस्रो स्थानमा परेको छ । यस्तै धेरै पर्यटक भित्र्याउने संग्रहालयमध्ये छैठौं, सातौ र आठौ स्थानमा भने वेलायतका ३ संग्रहालयले ठाउँ ओगटेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL