Logo

पदभार सम्हाल्दै पर्यटन मन्त्री भट्टराईले भने, ‘रविन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको छु’

पदभार सम्हाल्दै पर्यटन मन्त्री भट्टराईले भने, ‘रविन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको छु’



काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले बुधबार नै कार्यभार सम्हालेका छन । बुधबार नियुक्त भएर अपराह्न ४ बजे शपथ लिएर मन्त्री भट्टराईले त्यस लगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका हुन ।

laxmi

उनले बुधबार पदभार सम्हाल्दै आफु तत्कालिन पर्यटन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको बताए । ‘अबका दिनमा तत्कालिन मन्त्री रविन्द्र अधिकारीले अघि सारेका सबै काम पुरा गर्नेछु,’ पदभार कार्यक्रममा उनले भने, ‘म यहाँ काम अह्राउन वा निर्देशन दिन आएको होइन सबै एक भएर काम गर्नुपर्छ ।’

तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको दुर्घटनामा निधन भएसँगै सो मन्त्रालयले मन्त्री पाउन नसक्दा उनले अघि सारेका धेरै कामहरु ओझेलमा परेका थिए । अबका दिनमा मन्त्री अधिकारीले अघि सारेका कामलाई अघि बढाउनुका साथै भ्रमण बर्ष २०२० लाई सफल बनाउन आफु लागि पर्ने समेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL