Logo

असार मसान्तसम्म मर्जरमा जाने बैंकलाई राष्ट्र बैंकका ५ अफर

असार मसान्तसम्म मर्जरमा जाने बैंकलाई राष्ट्र बैंकका ५ अफर



काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म मर्जरमा जाने बैंकलाई विभिन्न प्रकारका सुविधा दिने भएको छ । बुधबार चालु आर्थिक बर्ष २०७६/७७ को मौद्रिक निति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले विभिन्न प्रकारका सुविधा दिने बताएका हुन ।

चालु आर्थिक बर्षको मौद्रिक नीतिमा असार मसान्तसम्म मर्जरमा जाने बैंकले कृषि, उर्जा, पर्यटनमा तोकिएको लगानीको सीमा ०७८ असार मसान्तसम्म कायम गरे पुग्नेछ ।

स्प्रेड दर ४.४ प्रतिशत कायम गर्ने अवधि पनि ०७८ मसान्त कायम गरिएको छ भने त्यस्ता बैंकले शाखा बिस्तार गर्दा केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने छैन ।

मर्जरमा जाने बैंकहरुका संचालक, अध्यक्ष, सीइओ, डेपुटी सीइओलाई लाग्ने कुलिङ पिरियड समेत नलाग्ने घोषणा गरिएको छ ।

चुक्तापूँजी २५ प्रतिशत ऋणपत्र जारी गरिसक्नुपर्ने अवधि ०७८ असार मसान्तसम्म कायम गरिने

शाखा विस्तार गर्न राष्ट्र बैंकको स्विकृति नचाहिने

प्रतिक्रिया दिनुहोस्
MBL