Logo

१० बर्ष पछि सरकारले बढायो पर्यटक भिसा शुल्क, साउन १ देखि कार्यान्वयनमा

१० बर्ष पछि सरकारले बढायो पर्यटक भिसा शुल्क, साउन १ देखि कार्यान्वयनमा



काठमाडौं । सरकारले भ्रमण बर्ष मनाउन लागिरहँदा पर्यटकको भिसा शुल्क वृद्धि गरेको छ । मन्त्रिपरिषद्को यहि जेठ १२ गते बसेको बैठकले पर्यटकको भिसा शुल्क बढाउने निर्णय गरेको थियो । उक्त वृद्धि गरिएको शुल्कलाई साउन १ गते देखि कार्यान्वयनमा ल्याउने अध्यागमन विभागले जानकारी दिएको छ ।

सरकारले यस अघि १५ दिनको पर्यटक भिसा शुल्क वापत २५ अमेरिकी डलर लिँदै आएको थियो । तर, त्यसलाई वृद्धि गर्दै साउन १ गते देखि भने ३० डलर लिइने भएको छ । यसैगरी ३० दिनको पर्यटक भिसाको ४० डलर लिँदै आएकोमा ५० डलर पुर्याइएको छ भने ९० दिनको १ सय डलर तिर्दै आएको पर्यटकले साउनपछि १२५ डलर बुझाउनु पर्नेछ ।

त्यस्तै भिसाको समय थपको लागि भने यस अघि प्रत्येक दिनको २ डलर कायम भएकोमा साउन १ देखि ३ डलर पुर्याएको छ । सरकारले विदेशी विद्यार्थीहरुको लागि समेत नयाँ भिसा शुल्क निधारण गरेको छ । जस अनुसार प्रत्येक महिना २० डलर बुझाउँदै आएकामा अब ३० डलर बुझाउनु पर्ने भएको छ । साथै अध्ययन बाहेकका अन्य रिसर्चलगायतका लागि आउने विध्यार्थीका लागि भने ७५ डलर पुर्याएको छ ।

सरकारले ब्यापारीक भिसामा समेत वृद्धि गरेको छ । यस अघि विदेशीले नेपालमा एक बर्षको लागि १० करोड रुपैयाँ भन्दा माथी लगानी गर्नेलाई मासिक १० डलर लिँदै आएकोमा अब २० डलर बुझाउनु पर्ने भएको छ ।

त्यस्तै १० करोड रुपैयाँ वा सो भन्दा तल लगानी गर्ने विदेशी लगानीकर्तालाई १ बर्षको ३ सय डलर लिँदै आएकोमा अब एक बर्षको ४ सय डलर बुझाउनु पर्ने भएको छ । सरकारले २०६५ सालमा निर्धारण गरेको भिसा शुल्क १० बर्षपछि २०७६ मा वृद्धि गरी नयाँ दर कायम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL