Logo

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ४३ पुग्यो, उद्धारको लागि २७ हजार प्रहरी परिचालन

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ४३ पुग्यो, उद्धारको लागि २७ हजार प्रहरी परिचालन



काठमाडौं । बिहीबार रातिदेखि परेको बर्षाका कारण आएको बाढी पहिरोमा परी ४३ जनाको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार हाल सम्म बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४३ पुगेको हो ।

त्यस्तै बेपत्ताको संख्या ३३ जना पुगेको छ भने घाईते हुनेको संख्या २० जना पुगेको नेपाल प्रहरीका प्रवक्ता विश्वाराज पोखरेलले जानकारी दिएका छन । पोखरेलका अनुसार डुवानमा परेका ११ सय ४० जनाको उद्धार गरिएको छ भने बेपत्ताहरुको खोजीकार्य तिब्र पारेको छ ।

नेपाल प्रहरीले काठमाडौं भ्याल्लीका लागि ८ हजार ८ सय ५६ जना, प्रदेश १ का लागि ६ हजार ३ सय ५, प्रदेश २ का लागि ५ हजार ७ सय २, प्रदेश नं. ३ का लागि ३ हजार ४ सय ५ र ६ नं. प्रदेशका लागि ३ हजार १ ससय १२ जना कर्मचरी खटाएको प्रवक्ता पोखरेलले बताएका छन ।

हाल प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट २७ हजार ३ सय ८० जना प्रहरी कर्मचारी परिचालन भएको छ । बर्षाका कारण ठूलो संख्यामा मानवीय क्षेती हुनुका साथै करोडौको भौतिक क्षेति भएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार करौडौंको भौतिक क्षेती भए पनि अहिले सम्म कुनै तथ्याङ्क भने आई नसकेको प्रवक्ता पोखरेलको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL