Logo

बर्षाका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, १८ जना बेपत्ता

बर्षाका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो, १८ जना बेपत्ता



काठमाडौं । बिहिबार रातिदेखि परेको पानीले मृत्यु हुनेको संख्या ३० जना पुगेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार लगातारको बर्षा र बाढीले गर्दा देशभरबाट शुक्रबार र शनिबार मध्यान्ह सम्ममा मृत्यु हुनेको संख्या ३० पुगेको हो । विहान १० बजेसम्म भने मृत्यु हुनेको संख्या २६ जना रहेको थियो ।

त्यस्तै बेपत्ताको संख्या १८ जना पुगेको छ भने घाईते हुनेको संख्या १२ जना पुगेको नेपाल प्रहरीका प्रवक्ता विश्वाराज पोखरेलले जानकारी दिएका छन । पोखरेलका अनुसार डुवानमा परेका ५० जनाको उद्धार गरिएको छ भने बेपत्ताहरुको खोजीकार्य तिब्र पारेको छ ।

हाल प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण मानवीय क्षतीका साथै करोडौको भौतिक क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार करौडौंको भौतिक क्षेती भए पनि अहिले सम्म कुनै तथ्याङ्क भने आई नसकेको प्रवक्ता पोखरेलको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL