Logo

त्रिभुवन विमानस्थलमा ७ बजे सम्मका लागि नोटाम जारी, चौरमा फसेको जहाज निकाल्न कठिन

त्रिभुवन विमानस्थलमा ७ बजे सम्मका लागि नोटाम जारी, चौरमा फसेको जहाज निकाल्न कठिन



काठमाडौं । शुक्रबार विहान ११ बजे यती एयरको जहाज घाँसे मैदानमा चिप्लिए पछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ८ घण्टाको लागि बन्द गराएको छ ।

laxmi

उक्त जहाजलाई घाँसे मैदानबाट सुरक्षित स्थानमा ल्याउनको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थले पटक पटक प्रयास गरे पनि अझै ल्याउन सकेको छैन ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार भारी बर्षातका कारण जहाजलाई सुरक्षित स्थानमा ल्याउन सुरुमा २ बजे सम्मका लागि विमानस्थल बन्द गराएको थियो ।

उक्त समयमा पनि जहाजलाई निकाल्न नसके पछि विमानस्थलले पुनः ५ बजे सम्मका लागि नोटाम जारी गरेको विमानस्थलले पुनः ७ बजे सम्मका लागि नोटाम जारी गर्न लागेको क्षेत्रीले बताए ।

क्षत्रीका अनुसार पछाडिको एउटा पांग्रा हिलोमा गाडिएको छ । अहिले ज्याक लगाएर जहाज उठाएर पांग्रामुनी ठोस वस्तु राखेर बाहिर निकाल्ने तयारी भइररहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL