Logo

१० अर्बमा फोरजी प्रविधि भित्र्याउँदै चौधरी ग्रूप, हुवावे टेक्नोलोजीसँग गर्यो सम्झौता

१० अर्बमा फोरजी प्रविधि भित्र्याउँदै चौधरी ग्रूप, हुवावे टेक्नोलोजीसँग गर्यो सम्झौता



काठमाडौं । नेपालमा फोरजी सेवा प्रदान गर्नका लागि चौधरी समुहले चिनियाँ कम्पनी हुवावेसँग सम्झौता गरेको छ । सिजी ग्रूपले नेपालमा फोरजी फोन सेवा संचालन गर्नका लागि चिनियाँ कम्पनी हुवावेसँग १० अर्ब रुपैयाँ बराबरको सम्झौता गरेको हो ।

चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरीले एक अन्तरवार्तामा नेपालमा मोबाईल सेवामा नयाँ आयाम ल्याउनका लागि फोरजी सेवामा पहिलो चोटी २० करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने जानकारी दिएका छन । जसले भ्वाईस सेवा निशुल्क प्रदान गर्नेछ तर डाटा तथा अनलाईन भुक्तानी सेवामा फोकस गरिनेछ ।

चौधरी ग्रूपले नेपाल लगायत एशियाका थुप्रै देशहरुमा आफ्नो चाउचाउ उत्पादन विस्तार गरेको छ । पछिल्लो समय चौधरी ग्रूप आम संचारको क्षेत्रमा समेत सोही अनुसार लगानी बढाउन लागिपरेको छ ।

फोब्र्स म्यागजिनका अनुसार चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी १ दशमलव ६ मिलियन डलर सम्पति भएका नेपालका अर्बपति हुन । हुवावेले उक्त सम्झौतापश्चात १ सय मिलियन डलर बराबरको आवश्यक उपकरणहरु आपुर्ती गर्नेछ जुन पछि फाईभजीका लागि पनि उपयुक्त हुनेछन ।

अमेरिकाले सुरक्षाका कारण हुवावेका उपकरणमा रोक लगाएपनि चिनियाँ कम्पनीसँग काम गर्न कुनै अप्ठ्यारो नभएको विनोद चौधरीले जानकारी दिएका छन । उनले आफु सिमेन्ट उत्पादनको क्षेत्रमा पनि चिनियाँ कम्पनीसँग सहकार्य गर्दै काम गर्न आतुर भएको बताए ।

सिजी ग्रूपले हाल नेपालका ग्रामिण केही क्षेत्रमा आफ्नो संचार सेवा प्रदान गरिरहेको छ । तर हाल कम्पनीले लाईफसेलको नाममा नेपाल दूरसंचार प्राधिकरणमा निवेदन दिएको र आवश्यक सबै प्रक्रिया पुर्याएपछि लाईसेन्स दिने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

नेपालको सरकारी स्वामित्वको नेपाल टेलिकमले हाल नेपालको दूरसंचार क्षेत्रमा ५१ प्रतिशत मार्केट सेयर ओगटेको छ । तर अबको २ देखि ३ बर्षमा आफ्नो लाईफसेल कम्पनीले १ तिहाई मार्केट सेयर ओगट्ने चौधरीको दावी छ । चौधरी ग्रुपको लाईफसेल टर्कीस्थित टर्कसेलको सब्सिडरी कम्पनी हो । रोयटर्सको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL