Logo

निगमले पायो जहाज मर्मत अनुमति, अब नेपाली ईन्जिनियरबाटै जहाज मर्मत सम्भार, बार्षिक करोडौं रकम बाहिरिनबाट जोगिने

निगमले पायो जहाज मर्मत अनुमति, अब नेपाली ईन्जिनियरबाटै जहाज मर्मत सम्भार, बार्षिक करोडौं रकम बाहिरिनबाट जोगिने



काठमाडौं । नेपालका जहाजहरुमा सानो तिनो केहि त्रुटि आउँदा पनि विदेशी ईन्जिनियर बोलाएर मर्मत गर्नुपर्ने दिनको अन्त्य भएको छ । नेपाल बायु सेवा निगमले लामो समयपछि ‘पार्ट १४५’ को स्विकृति पाएसँगै अब नेपाली ईन्जिनियरहरुले नै जहाजको मर्मतसम्भार गर्न सक्ने भएका हुन ।

laxmi

यसअघि बेलायतको बीसीटी नामक संस्थाले पाएको उक्त स्विकृति अब नेपाल वायुसेवा निगमले नै पाएको हो । निगमले लामो समयको तयारी पछि नेपाल नागरिक उडड्यन प्राधिकरणमा जहाजको मर्मत सम्भार नेपालमै गर्ने गरी ‘पार्ट १४५’ स्वीकृति प्राप्त गरेको हो ।

पार्ट १४५ भन्नाले जहाजको मर्मत सम्भार गर्ने संस्थालाई दिइने एक प्रकारको प्राविधिक स्वीकृति हो । उक्त स्विकृति पाईसकेपछि ‘ए ३३०’ को लाइन मर्मतको काम स्वयम् नेपाल वायुसेवा निगमले नै गर्नेछ ।

लाइन मर्मत कार्य भन्नाले जहाजको मर्मत सम्भार अप्रोनमा गर्ने स्त्तरोन्नतिको कार्यलाई बुझिन्छ । जसमा जहाज उड्नु अघि र अवतरण पछिको अनुगमन र मर्मत पनि पर्दछ । हाल यस कार्यको लागि बीसीटी नामक बेलायतको अन्र्तराष्ट्रिय संस्थासँग सम्झौता गरिएको थियो ।

निगमले उक्त स्विकृति पाईसकेपछि जुलाई देखि नै उक्त कार्य निगमका इन्जिनियरमार्फत गर्ने जानकारी दिएको छ । जसबाट निगमको मासिक ५० देखि ६० लाख रुपैयाँ देशबाट बाहिरीने अवस्थाको अन्त्य हुनेछ र नेपाली दक्ष जनशक्तिहरुले थप अवसर प्राप्त गर्नेछन् ।

त्यसैगरी पार्ट १४५ अन्र्तगत रहि निगमले ‘एमए–६० र वाई १२ ई’ जहाजको बेस मेन्टेनेन्स (लाइन मर्मतको भन्दा माथिल्लो स्तर) को कार्यको पनि स्वीकृति पाएको छ । उक्त स्विकृति पाईसकेपछि चीनबाट जहाज मर्मतको लागि आवश्यक दक्ष इन्जिनियरहरुलाई बोलाई राख्नुपर्ने बाध्यताको समेत अन्त्य भएको निगमले जानकारी दिएको छ ।

उक्त स्विकृतिपश्चात ‘एमए ६० र वाई १२ ई’ को साना देखि ठूला मर्मतको कार्यहरु नेपाली इन्जिनियरहरुले गर्ने भएका छन् । जसले गर्दाे निगमको बार्षिक करोडौं रुपैयाँ बाहिर जाने रकम देशभित्रै प्रयोगमा आउने भएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL