Logo

प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन, कार्यवाहक अध्यक्ष खनालदेखि टेलिकमका पूर्व एमडी आचार्यसम्म लाईनमा

प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन, कार्यवाहक अध्यक्ष खनालदेखि टेलिकमका पूर्व एमडी आचार्यसम्म लाईनमा



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन । प्राधिकरणको रिक्त रहेको उक्त पदमा संचार तथा सुचना प्रविधि मन्त्रालयले जेठ २७ गते उम्मेदवारका लागि आवेदन माग गरेको थियो ।

सोही अनुसार सोमबार अन्तिम म्याद रहेकाले सोमबारसम्म विभिन्न क्षेत्रका १२ जनाले उक्त पदका लागि आवेदन मन्त्रालयमा पेश गरेका हुन । मन्त्रालयमा उक्त पदका लागि आवेदन पेश गर्नेमा प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनाल देखि टेलिकमका पूर्व प्रवन्ध निर्देशक बुद्धी प्रसाद आचार्य रहेका छन ।

मन्त्रालयका अनुसार उक्त १२ जनाको योग्यता तथा अनुभवका आधारमा छानविन समितिले अध्यक्ष छनोट गर्ने भएको छ ।

सोमबार बेलुका सम्म देवनारायण यादव, अनिल कुमार झा, दिपक राज जोशी, रोहित रौनियार, नन्दविक्रम अधिकारी, गोविन्द प्रसाद दाहाल, पुरुषोत्तम प्रसाद खनाल, मधुसुदन कर्माचार्य, डिल्ली प्रसाद चौधरी, प्रकास बराल, सुरेश कुमार कार्की, बुद्धि प्रसाद आचार्य लगायतले मन्त्रालयमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL