Logo

दूरसंचार प्राधिकरणको अध्यक्ष पदमा देखिएन आकर्षण, मिति सकिने अघिल्लो दिनसम्म एउटा पनि परेन आवेदन

दूरसंचार प्राधिकरणको अध्यक्ष पदमा देखिएन आकर्षण, मिति सकिने अघिल्लो दिनसम्म एउटा पनि परेन आवेदन



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको रिक्त रहेको अध्यक्ष पदका लागि हालसम्म कुनै आवेदन परेको छैन । संचार तथा सुचना प्राविधि मन्त्रालयले जेठ २७ गते सो पदका लागि विज्ञापन हालसम्म कुनै आवेदन नपरेको मन्त्रालयले जानकारी दिएको छ ।


कार्यबाहक अध्यक्षको नेतृत्वमा चलिरहेको प्राधिकरणको अध्यक्ष पदका लागि मन्त्रालयले गत जेठ २७ गते आवेदन माग गरेको थियो । उक्त पदका लागि विभिन्न योग्यता तोक्दै मन्त्रालयले कार्यबाहक अध्यक्षको म्याद सकिने २ महिना बाँकी हुँदै अध्यक्षका लागि आवेदन माग गरेको हो ।


हाल प्राधिकरणका बरिष्ठ निर्देशक पुरुषोत्तम खनालले प्राधिकरणको कार्यवाहक अध्यक्षको पद सम्हालिरहेका छन । सो आवेदन मागको अन्तिम म्याद भोली अर्थात सोमबार सकिँदै छ । अन्तिम मितिको अघिल्लो दिनसम्म पनि अध्यक्ष पदका लागि कुनै आवेदन नआएको मन्त्रालयका सहसचिव राधिका अर्यालले जानकारी दिएकी छन । उनका अनुसार भोलीसम्ममा पनि कुनै आवेदन नआएमा पुनः विज्ञापन खुला गरिनेछ ।


मन्त्रालयले अध्यक्षका लागि ३० बर्षदेखि ६५ बर्ष भित्रका व्यक्तिले आवेदन दिन पाउने उमेरहद तोकेको छ । यस्तै दूरसञ्चार क्षेत्रसँग सम्बन्धित प्राविधिक, प्रसाशनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरिक्षण वा कानुनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने पनि योग्यता तोकेको छ ।

प्राधिकरणको अध्यक्ष हुन सम्बन्धित क्षेत्रमा कम्तीमा १० बर्षको अनुभव हासिल गरेको हुनुपर्ने, कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्राकिंत प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव भएकाले पनि आवेदन बुझाउन सक्ने मन्त्रालयको विज्ञापनमा उल्लेख छ ।

यसअघि गत भदौ २२ गते प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झाको चर्को आलोचना पछि पुष ११ गते राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL