Logo

खड्कियो पर्यटन मन्त्री अधिकारीको अभाव, बुटिक एयरर्पोट संचालन अन्यौलमा

खड्कियो पर्यटन मन्त्री अधिकारीको अभाव, बुटिक एयरर्पोट संचालन अन्यौलमा



काठमाडौं । केही कुराको अभाव भएजस्तोे केही छुटे जस्तो अनुभव अहिले पर्यटन क्षेत्रमा देखा परेको छ ।

laxmi

गत फागुनमा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको निधनसँगै अहिले सो क्षेत्रमा स्व. मन्त्री अधिकारीको अभाव खड्किएको छ । हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भए पछि उक्त मन्त्रालयले नेतृत्व पाउन नसक्दा समस्या देखा परेको हो ।

सरकारले ५ महिना वितिसक्दा पनि मन्त्रालयलाई मन्त्री विहिन बनाउनु र पर्यटन क्षेत्रलाईनै अन्यौलमा राख्नु दुखद भएको सम्बद्ध अधिकारीहरुले बताउँदै आएका छन । भ्रमण बर्ष सुरु हुन अब ६ महिना मात्रै बाँकी रहेको छ । तर अहिलेसम्म भ्रमण बर्ष सचिवालयले गर्ने काम खासै प्रभावकारी देखिँदैन ।

भ्रमण बर्ष सचिवालयले हालसम्म न त कार्यालय ब्यवस्थापन गरेर संचालन गर्न सकेको छ न त कर्मचारी नै पूर्ण रुपमा राखेर काम गर्न सकेको छ । भ्रमण बर्षका लागि सचिवालयले आफ्नै वेवसाइट समेत तयार गरेर प्रचारप्रसार गर्न सकेको छैन ।

सचिवालयले आफ्नोतर्फबाट सक्दो काम गरेको बताए पनि खासै प्रभावकारी रुपमा अघि बढ्न नसकेको मन्त्रालयको गुनासो रहेको छ । तर यस विषयमा भने सचिवालयले आफुहरु स्वयत्त निकाय भएको बताउँदै सबैलाई जानकारी दिनु नपर्ने भन्दै पन्छिदै आएको छ ।

सचिवालयको एक कर्मचारीले लेटरप्याड देखाउँदै भने, ‘हाम्रो यहाँ न त नेपाल सरकार भनेको छ न त पर्यटन मन्त्रालय भनेर देखाएको छ यो आफैंमा स्वयत्त निकाय हो तसर्थ हाम्रो कामको बिषयमा कसैलाई जानकारी गराउनु पर्छ जस्तो लाग्दैन ।’

त्यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई यही बैशाखमानै बुटिक एयरपोर्ट घोषणा गर्ने कार्यक्रम रहे पनि हालसम्म घोषणा हुन सकेको छैन । विमानस्थलको प्रमुख राजकुमार क्षेत्रीका अनुसार बुटिक एयपोर्ट घोषणा गर्न अझै ८/९ महिना लाग्ने छन ।

हाल उक्त विमानस्थलमा बुटिक एयरपोर्टको लागि सुरुआति काम मात्रै सम्पन्न भएको र दोस्रो चरणको लागि टेण्डर प्रकृया अघि बढेको क्षेत्रीले जानकारी दिएका छन ।

स्वर्गीय पर्यटन मन्त्री अधिकारीले बैशाखमानै बुटिक एयरपोर्ट घोषणा गर्ने अन्तरराष्ट्रिय गौतमबुद्ध विमानस्थल लुम्बिनीलाई २०१९ भित्रै संचालन गनर्,े पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल २०२१ मा संचालनमा ल्याउने बताउँदै कामलाई तिब्रता दिएका थिए ।

तर मन्त्री अधिकारीको निधनसँगै पर्यटन क्षेत्रका सबैजसो विकास निर्माणका काम पछि धकेलिएको पर्यटन ब्यवसायीहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL