Logo

निगमको यात्रा ओसाका पछि जापानको नारिता शहरमा, अक्टुबरदेखि उडान भर्ने

निगमको यात्रा ओसाका पछि जापानको नारिता शहरमा, अक्टुबरदेखि उडान भर्ने



काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको ओसाकासँगै नाररितामा समेत उडान गर्ने भएको छ ।

निगमको वाइडबडी जहाजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट जापानको नारिता विमानस्थलका लागि उडान गर्ने गरी प्रक्रिया अघि बढाइएको निगमका सह प्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन ।

जापानको ‘जापान सिभिल एभिएसन ब्युरो’ (जेक्याव) ले निगमलाई जापान उडान भर्न सहमति दिएसँगै निगमले भाडादर तय गर्दै टिकट बुकिङ खुला गरेको थियो । तर, उक्त उडानका लागि टिकट बुकिङ नभएपछि नगिमले उडान रद्द गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय जापान उडान नगरेको सम्बन्धमा विभिन्न सरोकारवाला निकायबाट दबाब आएपछि निगमले पुनः टिकट बुकिङ खुला गरेको हो । निगमले नयाँ टिकट बुकिङ खुला गरेसँगै भदौं १२ गते काठमाडौं–ओसाका उडान भर्ने जानकारी दिएको छ ।

ओसाकामा भदौ १२ गतेबाट उडान भए पनि नारिता उडान भने केही ढिला हुने कोईरालाले जानकारी दिएका छन । निगमलाई सुरुमै जापानको नारिता विमानस्थलका लागि उडाउन धेरैले माग गरेका थिए ।

तर, वाईडबडी जहाज नेपाल आईपुग्दा ओसाका, नारिता र हामनेदा मध्ये एउटामा उडान भर्ने लक्ष्य भए पनि नेपाल र जापान सरकारबीच भएको हवाई सम्झौता अनुसार ओसाका मात्रै उडान भर्न मिल्ने भएकाले ओसाका उडान गर्ने गरी तयारी गरेको कोईरालाले जानकारी दिएका छन ।

उनका अनुसार २०१९ जनवरीमा नेपाल र जापान सरकारबीच पछिल्लो हवाई सम्झौता भए पछि मात्रै नारिता उडानको लागि बाटो खुला भएको हो । नारितामा जहाज उडान अनुमतिसँगै निगमले प्रक्रिया अघि बढाएको र हाल सम्ममा करिब ६० प्रतिशत कागजपत्रहरु पठाईसकेको कोईरालाले जानकारी दिएका छन ।

उनका अनुसार यही गतिमा काम हुँदै गएमा निगमको जहाजले अक्टुबरसम्ममा नारिता विमानस्थलमा आफ्नो जहाजबाट उडान भर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL