Logo

प्रदेश २ र ३ को बजेट सार्वजनिक, बेटी बचाऊ पढाऔं अभियान देखि पेट्रोलबाट चल्ने सवारी साधन हटाउनेसम्म

प्रदेश २ र ३ को बजेट सार्वजनिक, बेटी बचाऊ पढाऔं अभियान देखि पेट्रोलबाट चल्ने सवारी साधन हटाउनेसम्म



काठमाडौं । प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । प्रदेश २ ले ३८ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दै ‘बेटी बचाऊ बेटी पढाऔं’ अभियानलाई प्राथमिकता दिएको छ ।

laxmi

प्रदेश सरकारले ‘बेटी बचाऊ बेटी पढाऔं’ अभियानका लागि २९ करोड बजेट विनियोजन गरेको छ । बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादले ३८ अर्ब ७२ करोड ५६ लाख बजेट प्रस्तुत गरेका हुन ।

प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाका लागि ४९ करोड बजेट छुट्याएको छ । त्यस्तै मुख्यमन्त्री कृषि उत्थानका लागि भने २० करोड रकम विनियोजन गरेको छ ।

सरकारले प्रत्येक जिल्लामा नमुना अस्पताल निर्माणका लागि ३० करोड रकम छुट्याएको छ । प्रदेश सरकारले सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ३ करोड रकम विनियोजन गरेको छ ।

त्यस्तै प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७६/७७ को लागि ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट विनियोजन गरिएको छ । प्रदेश ३ सरकारले चालूगततर्फ २४ अर्ब ४० करोड ७९ लाखको बजेट र पूँजीगततर्फ २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार र वित्तीयतर्फ ३० करोडको बजेट छुट्याइएको छ ।

प्रदेश सरकार ३ को प्राथमिकतामा भने राष्ट्रिय गौरवको आयोजना कृषि उत्पादन, पर्यटन, अस्पतालको स्तरोन्नति, बाँझो जग्गामा सामूहिक खेती गर्ने लगायतका रहेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढङ्गेलले जानकारी दिएका छन ।

प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर आगामी २०७८ सालसम्ममा पेट्रोलबाट चल्ने सवारी साधनलाई उन्मूलन गरी विद्युतीय सवारी साधन सञ्चानलका लागि उच्च प्राथमिकता राखी बजेट क्रमशः छुट्याईएको छ ।

उनले भने, ‘सिन्धुलीको दुधौली, मकवानपुरको मनहरिमा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने, चितवनमा दूधको उत्पादन गर्ने कारखाना तथा हेटौँडा अस्पताललाई स्तरोन्नति गरी मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गरिने छ ।’

बजेटले १३ वटै जिल्लामा छोरी–बुहारीलाई उच्च शिक्षासम्म अध्ययन गराउने अभियानलाई तीव्रता दिइने, पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङ मार्गलाई निर्माणको अग्रतामा बजेट छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL