Logo

भ्रमण बर्ष २०२० सचिवालयको वेबसाईट नै गलत, वेबसाईट खोल्दा ट्रेकिङ अफिस भेटियो

भ्रमण बर्ष २०२० सचिवालयको वेबसाईट नै गलत, वेबसाईट खोल्दा ट्रेकिङ अफिस भेटियो



काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० सचिवालयको वेबसाईट खोल्दा निजी ट्रेकिङ कार्यालयको वेबसाइट भेटिएको छ । २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित प्रचार प्रसारको लागि खोलिएको सचिवालयको वेबसाईटनै गलत भेटिएको हो ।

laxmi

सचिवालयले भ्रमणबर्ष सफल बनाउन कर्मचारी माग देखि अन्य प्रचारप्रसारका कामका लागि नयाँ वेवसाईट संचालन गरेको जानकारी दिएपनि उक्त वेवसाईट निजी ट्रेकिङ कम्पनीको भएको भेटिएको छ ।

सचिवालयले आफ्नो प्रचार प्रसारका साथै आफ्नो आधिकारी वेवसाईट भन्दै www.nepalvisit2020.com र इमेल ठेगाना [email protected] दिएर कर्मचारी माग गरेको थियो । तर उक्त वेवसाईट निजी ट्रेकिङ कम्पनी फ्रेण्डस वल्र्ड ट्रेक नामक संस्थाको भएको भेटिएको छ ।

प्रचारप्रसारको लागि खोलिएको सचिवालयले नै गलत वेवसाईट र इमेल ठेगाना दिँदा प्रसारप्रसारमा समस्या हुनुका साथै उक्त ठेगानामार्फत रोजगारीका लागि आवेदन दिने व्यक्ति समेत अलमलमा परेका छन् ।

उक्त इमेल ठेगानामार्फत सचिवालयले माग गरेको आवेदनमा रोजगारीका लागि आवेदन दिएका दिपक पराजुली हालसम्म कुनै जानकारी नआएको बताउँछन् । ‘मैले सचिवालयले सूचनामा उपलब्ध गराएको ठेगानमा इमेलमार्फत आवेदन दिएका थिए,’ उनले भने, ‘सचिवालयको वेवसाईट खोलेर त्यहाँ भएको नम्बरमा बुझ्न खोज्दा निजी ट्रेकिङ कम्पनी भएको थाहा हुन आयो ।’

भ्रमणवर्ष सचिवालयको वेवसाईट गलत भएको र प्रचार प्रसारमा नकारात्मक प्रभाव परेको भन्दै बुझ्दा सचिवालयका प्रमुख सुरज बैद्यले नै यस विषयमा आफुहरुले पनि जानकारी लिईरहेको बताएका छन् । ‘वेवसाईटको विषयमा छानविन समिति बनेको छ हामी छानविन गरी रहेका छौं,’ उनले भने, ‘केही दिनमानै सबै कुरा थाहा हुने र सचिवालयसँग जुध्ने ट्रेकिङ कम्पनीको वेवसाईटलाई निष्कृय बनाउने छौं ।’

सचिवालयले यही जेठ ६ गते इमेल ठेगाना र वेवसाईट दिएर कर्मचारी माग गरेको थियो । सूचनामा कार्यालयलको ठेगाना केशर महल उल्लेख भएपनि वेवसाईट भने निजी ट्रेकिङ कम्पनीको भएको भेटिएको हो ।

यता निजी कम्पनीले भने आफ्नो वेवसाईट राखेर आवेदन माग गरेको भन्दै आपत्ती जनाएको छ । ‘सचिवालयले किन हाम्रो कम्पनीको वेवसाईटसँग मिल्ने गरी सुचना प्रकासित गरेको हो कर्मचारी नियुक्तीको लागि भन्दै दैनिक फोन आएर हैरान भईसक्यो,’ उनले भने, ‘यो वेवसाईट भ्रमण बर्षको नभई ट्रेकिङको हो भनेर कतिलाई जवाफ दिनु हैरान भैसक्यो ।’

सचिवालयले ६ दिनको समय लिएर ५ जना कर्मचारी माग गरेको भए पनि अहिले सम्म कुनै कर्मचारी नियुक्ती गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL