Logo

४ बर्षपछि चीन जोड्ने तातोपानी नाका संचालनमा, ऊन ल्याउन ४ कण्टेनर खासा पठाईयो

४ बर्षपछि चीन जोड्ने तातोपानी नाका संचालनमा, ऊन ल्याउन ४ कण्टेनर खासा पठाईयो



काठमाडौं । चीनसँगको प्रमुख व्यापारीक नाका तातोपानी संचालनमा आएको छ । २०७२ सालको भूकम्प पछि बन्द भएको तातोपानी नाका आजदेखि संचालनमा आएको हो ।

laxmi

बन्द भएको ४ बर्षपछि आज औपचारिक रुपमा ४ वटा खाली कण्टेनरलाई चीन पठाउँदै संचालनमा ल्याइएको हो । उक्त कण्टेनरहरु ऊन ल्याउनका लागि तातोपानी नाकाबाट खासा गएका हुन् ।

नेपाल–चीनबीच दुईपक्षीय सहमति गरेर मात्र उक्त नाका संचालनमा ल्याइएको हो । नेपाली कण्टेनरलाई उक्त नाका प्रवेशको लागि पासलगायतका प्रक्रिया पुरा गराएपछि संचालनमा ल्याइएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले जानकारी दिए ।

हाल नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त पुलको निर्माण गर्दै आएको चिनियाँ कम्पनी चाइना रेलवे कन्ट्रक्सन ग्रूप कम्पनी (सिआरसीसी) बुधबारसम्मा उक्त काम सम्पन्न गर्ने जानकारी दिएको छ ।

पुल निर्माणको काम पूर्ण नभएपनि हाललाई अस्थायी रुपमा संचालनमा ल्याइएको कच्ची बाटो हँदै नेपाली कण्टेनरलाई खासातर्फ पठाइएको हो । उक्त नाका संचालनमा आउनु पूर्व गृह मन्त्री रामबहादूर थापाले स्थलगत भ्रमण गर्दै सो नाकामा कुनै पनि अपराधिक तथा चीन विरोधी गरिविधी हुन नदिने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL