Logo

जहाज भाडामा दिएसँगै हिमालय एयरले विमानस्थललाई बुझायो बक्यौता रकम, सौर्यले ५० लाख बुझाउँदै

जहाज भाडामा दिएसँगै हिमालय एयरले विमानस्थललाई बुझायो बक्यौता रकम, सौर्यले ५० लाख बुझाउँदै



काठमाडौं । हिमालय एयरले बक्यौता बापतको १ करोड रुपैयाँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आईतबार बुझाएको छ । हिमालय एयरले आफ्नो एउटा जहाज भियतनाम एयरलाई भाडामा दिएसँगै विमानस्थललाई बक्यौता रकम बुझाएको हो ।

laxmi

करिब २० करोड रुपैयाँ भन्दा माथी बक्यौता रकम बाँकी रहे पछि विमानस्थलले उक्त रकम बुझाउन ताकेता गरेको थियो । कम्पनीले भने आईतबार सटही हुनेगरी शुक्रबार १ करोड रुपैयाँको चेक दिएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

कम्पनी आर्थिक रुपमा संकट पर्दै गए पछि भियतनाम एयरलाई एउटा बेम्बो जहाज भाडामा पठाई सकेको छ । कम्पनीले लामो समय देखी विमानस्थललाई बुझाउनु पर्ने सो रकम समयमै नबुझाउँदा २० करोड रुपैयाँ भन्दा माथी पुगेको विमानस्थलले जानकारी दिएको छ ।

बेम्बो जहाज भाडामा दिए पछि २ ओटा जहाजमार्फत उडान गरिरहेका हिमालय एयरले विमानस्थललाई मासिक रुपमा १ करोड रुपैयाँका दरले बक्यौता रकम बुझाउने सहमति भएको छ ।

त्यस्तै बिहीबार मात्रै २५ लाख रुपैयाँ बक्यौता रकम बुझाएको सौर्य एयरले आईतबार बेलुकासम्म ५० लाख रुपैयाँ बुझाउने तयारी गरीरहेको छ । सौर्य एयरको २ करोड ८० लाख रुपैयाँ बक्यौता रकम बाँकी रहेको छ ।

सौर्यले भारतीय लगानीकर्तालाई गत फागुनमा जहाज बिक्री गरेको थियो । जहाज बिक्री गरेपछि ३ महिनाको अवधिमा विमानस्थललाई बुझाउनु पर्ने बक्यौता रकम ५ करोड रुपैयाँबाट घटाएर २ करोड ८० लाख रुपैयाँमा झरेको हो ।

आर्थिक संकट बेहोर्दै आएको सौर्यले भारतीय लगानीकर्ता भित्र्याएसँगै २ बर्ष भित्रमा थप १२ ओटा जहाज ल्याउने घोषणा समेत गरेको छ । कम्पनीले आगामी २ बर्ष भित्रै ६०० सिरिजका थप १२ ओटा जहाज ल्याउन प्रक्रिया समेत अघि बढाएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL