Logo

पर्यटन मन्त्री नहुदा अन्योलमा निजगढ विमानस्थल, कहिले आउला सरकारको निर्णय

पर्यटन मन्त्री नहुदा अन्योलमा निजगढ विमानस्थल, कहिले आउला सरकारको निर्णय



काठमाडौं । दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा परिचित निजगढ विमानस्थल निर्माण अन्यौलमा परेको छ । विभागीय मन्त्री नहुँदा उक्त विमानस्थलको काम अलपत्र परेको नागरिक उड्डयन प्राधिकरण अन्तरगतका राष्ट्रिय गौरवको आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन ।

उनका अनुसार उक्त विमानस्थलको हाल सम्म नीतिगत काम मात्रै भईरहेको र नयाँ ढङ्गबाट जान सरकारको निर्णय पर्खिरहेको भए पनि सरकारले उपयुक्त निर्णय दिन नसक्दा अलपत्र परेको हो ।

केही समय अगाडी कोरियन कम्पनी एलएमडब्लुले गरेको पूर्व सम्भाब्यता अध्ययन प्रतिवेदनलाई परिमार्जित गरी नयाँ ढङ्गबाट जान आयोजनाले सरकारको निर्णय पर्खेको हो । तर अहिले सम्म सरकारले भने कुनै निर्णय दिन सकेको छैन ।

सरकारले निर्णय नदिए सम्म काम अगाडी बढाउन सकिँदैन आयोजना प्रमुख अधिकारीले भने । कोरियन कम्पनीले बनाएको सो प्रतिवेदनमा भने नेपालीको हितमा नभएको भन्दै आयोजनाले उक्त प्रतिवेदन परिमार्जन गर्न लागेको हो ।

उक्त विमानस्थलको लागि एक महिना भित्रै विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण गर्न परामर्शदाता कम्पनीको टुङ्गो लगाउने बताए पनि हाल सम्म कुनै काम भएको छैन । विभागीय मन्त्री नभए पछि सरकारले समेत वेवास्ता गरेको आयोजनाका एक उच्च अधिकारीले बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारी भएको भए सायद यो काम अघि बढी सक्ने थियो ति अधिकारीले बिजखबरसँग भने ।

पर्यटन क्षेत्रमा अहिले मन्त्री अधिकारीको अभाव खड्कि रहेको छ । प्राधिकरणका एक कर्मचारीले भने । मन्त्री अधिकारी भएको भए काभ्रेको नागीडाँडामा बनाउने भनिएको आन्तरिक विमानस्थलको काम समेत अघि बढ्ने थियो । तर हाल सम्म उक्त विमानस्थलको काम अघि बढ्न सकेको छैन ।

ति कर्मचारीका अनुसार प्राधिकरणले उक्त विमानस्थलको वातवरण मूल्याङकनका लागि फाईल अघि बढाए पनि करिब १ वर्ष देखी वातवरण विभागमै उक्त फाईल थन्किरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL