Logo

निगमको जहाजलाई भारतमा दैनिक ३ उडान गर्न मन्त्रालयको निर्देशन, यस्तो छ निगमको तयारी

निगमको जहाजलाई भारतमा दैनिक ३ उडान गर्न मन्त्रालयको निर्देशन, यस्तो छ निगमको तयारी



काठमाडौं । २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारले नेपाल वायुसेवा निगमको जहाजलाई भारतमा दैनिक ३ उडान गर्न निर्देशन दिएको छ ।

हाल निगमले भारतमा दैनिक २ उडान मात्रै गरे पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दैनिक ३ उडान गर्न निर्देशन दिएको पर्यटन मन्त्रालयका कार्यबाहक सचिब सुरेश आचार्यले जानकारी दिएका छन ।

निगमले भने हप्तामा १४ ओटा मात्रै उडान गर्दै आईरहेको छ । हप्तामा १४ उडान मात्रै हुँदा निगम झनै आर्थिक संकटमा फस्न सक्ने र भ्रमण बर्षलाई समेत सहयोग पुग्ने भन्दै मन्त्रालयले दैनिक ३ उडान गर्न निर्देशन दिएको हो ।

भारत लगायत अन्य मुलुकबाट नेपाल आउने हवाई कम्पनीले महंगो भाडा असुल्न थाले पछि सरकारले आफ्नो ध्यानाकर्षण भएको भन्दै उक्त नेपाल आउने हवाई कम्पनीलाई भाडादर कम गराउन सम्बन्धित देशमा पत्रचार गरिसकेको जानकारी दिएको छ ।

नेपालको गन्तब्य महंगो हुँदै गए पछि सरकारले निगमको जहाज बिक्री बढाउन समेत निगमलाई उक्त निर्देशन दिएको हो । सरकारी निर्देशन पछि निगमले दैनिक ३ उडान हुने गरी तयारी थालेको निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन ।

उनका अनुसार हाल विमानस्थल स्तरोन्नती तथा निगममा जहाज कम भएकाले गर्दा तत्कालको लागि भारतमा दैनिक ३ उडान गर्न समस्या हुने छ । तर निगमको योजना भने दैनिक ३ उडान गर्न नै हो । दैनिक ३ उडान गर्न केही कामहरु भईरहेको छ छ सायद आईतबार सम्ममा केही जानकारी आउने कोईरालाले बताए ।

स्वर्गिय पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले केही समय पहिलेनै नेपाली ध्वजाबाहक जहाजको संख्या बढाउने बताएका थिए तर निगम आफैं आर्थिक संकटमा फसे पछि तत्काललाई नयाँ जहाज थप्ने कुनै योजना नभएको कोईरालाले जानकारी दिएका छन । निगममा जहाज नहुँदा भिजिट २०२० समेत प्रभावित हुन सक्ने निगम श्रोतको भनाई रहेको छ ।

हाल भारतबाट एयर ईन्डिया र ईन्डिगोले नेपालमा सेवा दिईरहेको छ । भारतबाट नेपाल आउने पर्यटकले नेपालमा खर्च गर्ने आफ्नो बजेटको करिब ६० प्रतिशत रकम हवाई भाडामा नै लगानी गर्नु पर्ने भए पछि हवाई भाडा घटाउन समेत मन्त्रालयले भारत सरकारलाई पत्र पठाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL