Logo

नेपाल टेलिकमले मोबाईल बैंकिङको लागि छुट्टै कम्पनी खडा गर्ने, राष्ट्रिय बाणिज्य बैंकसँग भयो समझदारी

नेपाल टेलिकमले मोबाईल बैंकिङको लागि छुट्टै कम्पनी खडा गर्ने, राष्ट्रिय बाणिज्य बैंकसँग भयो समझदारी



काठमाडौं । नेपाल टेलिकमले मोबाईल वित्तिय भुक्तानी सेवाको लागि छुट्टै कम्पनी खडा गर्ने भएको छ । नेपालमै पहिलो पल्ट मोबाईल बैंकिङ सेवा उपलब्ध गराउनका लागि नेपाल टेलिकमले छुट्टै कम्पनी खडा गर्ने भएको हो ।

laxmi

नेपालमा हालसम्म विभिन्न एपमा आधारित बैंकिङ सेवा उपलब्ध भएपनि टेलिकमले भने मोबाईलमै आधारित बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवशको अवसरमा राष्ट्रिय बाणिज्य बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्त सेवा प्रदान गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

कार्यक्रममा मोबाईलबाटै फाईनान्सीङको पाटो हेर्ने गरी बैंक र टेलिकमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपालका टेलिकम कम्पनीले नै मोबाईलमार्फत वित्तिय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता राष्ट्र बैंकसँग भईसकेको भएपनि हालसम्म कुनै पनि टेलिकम कम्पनीले मोबाईल फाईनान्सीङको लागि काम अघि बढाएका थिएनन ।

यस अन्तर्गत राष्ट्रिय बाणिज्य बैंकको सहकार्यमा नेपाल टेलिकमले मोबाईल भुक्तानीसम्बन्धी एक छुट्टै कम्पनी खडा गर्ने टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार टेलिकमलाई वित्तिय पाटोको बारेमा त्यती जानकारी नभएकाले बैंकको सहकार्यमा कम्पनी खडा गर्न लागिएको हो ।

उक्त कम्पनीको लागत कती हुने या कती कर्मचारी रहने काम कसरी अगाडी बढाउने भन्ने कुरा भने विस्तारै हुँदै जाने टेलिकमका सहायक प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार हाल सम्झौताको काम भएकाले अबको केही दिनमा यसका लागि आवस्यक कर्मचारी, संरचना, कम्पनीको मोडालिटीको बारेमा काम हरु विस्तारै अघि बढाइनेछ । हालसम्म विभिन्न राष्ट्रहरुले मोबाईल फाईनान्सीङको सुरुवात गरिसकेका छन । उक्त सेवमार्फत टेलिकमको सिममार्फत नै विभिन्न वित्तिय भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL