Logo

आफ्नो काम रोबोटले खोस्छकी भन्ने चिन्तामा हुनुहुन्छ?, सबैखाले काम रोबोटले गर्दैन

आफ्नो काम रोबोटले खोस्छकी भन्ने चिन्तामा हुनुहुन्छ?, सबैखाले काम रोबोटले गर्दैन



काठमाडौं । एक्काईसौ सताब्दीमा आफ्नो पेशा रोबोटले खोस्ने होकी भन्ने डर सबैलाई छ । हुन पनि हो, विश्वका कतिपय पेशाहरु रोबोटले मानविय श्रमबाट खोसिसकेको छ । तर हालसम्म सबै खालका श्रममा भने रोबोटले खोस्न भ्याईसकेको छैन ।

‘ब्रिजवाटर एशोसियट्स हेज फण्ड’का लगानीकर्ता ‘रे डालियो’ले अमेरिकाको पूँजी र श्रम सम्बन्धको बारेमा एक रिपोर्ट तयार पारेका छन । उनको उक्त रिपोर्टमा विभिन्न उद्योगहरुले हाल अटोमेशनको बाटो समातेको कुरालाई फोकस गरिएको छ ।

आफ्ना उद्योगहरुमा फाईदाका लागि तथा मनग्य मुनाफाका लागि धेरैजसो कम्पनी तथा उद्योगहरुले मानविय श्रमलाई बहिस्कार गर्दै रोबोट राख्ने गरेको पाईएको छ । उक्त रिपोर्टमा विभिन्न उद्योगमा विभिन्न काम गर्ने मजदुरहरुले कति समय विताउँछन भनी जान्न कोशिस गरिएको छ । यस्तै ती मजदुरहरुले गर्न सक्ने कती कामहरु रोबोटद्धारा गर्न लगाईएको छ भनी बुझ्न कोशिस गरिएको थियो । उक्त रिपोर्टका अनुसार फास्टफुड, रेष्टुरेन्ट, एसेम्बली उद्योग लगायतका क्षेत्रमा अब सजिलै रोबोटले काम गर्न सक्नेछन ।

तर मानव श्रमिकलाई ब्यवस्थापन, विभिन्न वातावरणमा गरिने शारिरिक कार्य, किन्डरगार्टेनका कक्षाकोठाहरु सफा गर्ने लगायतका कामहरु भने हालको प्रविधिले गर्न नसक्ने उक्त रिपोर्टमा देखाइएको छ । कामदारहरुले फुड सर्भिस र उत्पादनमुलक उद्योगहरुमा पूर्वानुमानित वातावरणमा धेरै भन्दा धेरै समय शारिरिक श्रम गरेर विताउने पाईएको छ । यस्तै अन्य उद्योगहरु जस्तै शिक्षा तथा स्यास्थ्य लगायतका क्षेत्रमा गहिरो अनुभव तथा विज्ञता सँगै अटोमेशनको कमि छ ।

उक्त रिपोर्टमा कुन कुन कामहरुलाई हालको प्रविधि सुहाउँदो अटोमेशनसँग जोड्न सकिन्छ भनेर फोकस गरिएको छ । रिपोर्टमा भनिएको छ, ‘हालको प्रविधिले सबैखाले मानविय श्रमलाई खोस्न सक्ने क्षमता राख्दैन जसमा लागि अर्झ जटिल प्रविधिको आवश्यकता पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL