Logo

बेरोजगार बनेका जेट एयरवेजका ५ सय कर्मचारी स्पाइसजेटले लियो, आवश्यक परे अझै थप्ने

बेरोजगार बनेका जेट एयरवेजका ५ सय कर्मचारी स्पाइसजेटले लियो, आवश्यक परे अझै थप्ने



काठमाडौं । भारतीय स्पाईस जेटले आफ्नो नयाँ उडान विस्तार गरेसँगै १ सय पाईलटसहित ५ सय जना नयाँ कर्मचारी थप गरको छ ।

भारतीय कम्पनी जेट एयरवेज आर्थिक रुपमा फस्दै गए पछि त्यसका ५ सय जना कर्मचारीलाई स्पाईसजेटले लगेको हो । कम्पनीले कर्मचारी थप गरेसँगै विभिन्न स्थानमा नयाँ रुट तथा नयाँ एयरबसहरु थप्ने पनि जानकारी दिएको छ ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय सिंहले शुक्रबार भने ‘हामी जेट एयरका कर्मचारीलाई प्राथमिकतामा राखेर कर्मचारी भर्ना गर्छौ,’ उनले भने, ‘जेट एयरवेज दुर्भाग्यवस बन्द हुँदा रोजगारी गुमाएकाहरुलाई हामी प्राथमिकतामा राखेर कर्मचारी भर्ना गरिरहेका छौं ।’

स्पाइसजेटले जेट एयरवेजका १ सय भन्दा बढी पाइलट, २ सय क्याबिन क्रिउहरु तथा २ सय जना प्राविधिकहरुलाई तत्काल रोजगार प्रदान गरेको छ । कम्पनीले आवशयक परेको खण्डमा अझै कर्मचारी थप गर्न सकिने पनि जानकारी दिएको छ ।

कम्पनीले बिहीवार मात्रै नयाँ २४ गन्तब्यमा उडान गर्ने घोषणा गरेको छ । जसमा मुम्बई दिल्ली लगायत १६ नयाँ उडानहरूको सुरुवात समेत गरेको छ ।

यसै हप्ता मुम्बईबाट अन्तरराष्ट्रिय गन्तब्य हङकङ, जेद्दा, दुबई, कोलम्बो, ढाका, रियाद, बैंकक र काठमाडौंमा सीधा उडान गरेको कम्पनीले उडान थप गरेसँगै यात्रु असुविधा कम गर्न सबै प्रयासहरु गर्ने बताएको छ ।

कम्पनीसँग हाल २७ ओटा विमानहरु रहेका छन । जसमध्ये २२ ओटा बोईङ ७३७ र ५ ओटा टब्रो बम्बाडियर क्यु ४०० सिरिजका जहाज रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL