Logo

पुनः चुलियो शोधनान्तर घाटा, चालू खाता घाटा २ खर्ब नजिक पुग्दा विदेशी मुद्रा संचिती पनि खुम्चियो

पुनः चुलियो शोधनान्तर घाटा, चालू खाता घाटा २ खर्ब नजिक पुग्दा विदेशी मुद्रा संचिती पनि खुम्चियो



काठमाडौं । शोधनान्तर घाटा पुनः बढेको छ । चालू आबको ७ महनिामा शोधनान्तर घाटामा केही गिरावट आउँदै ४९ अर्ब ३२ करोड रुपैयाँमा झरेकोमा ८ महिनामा आईपुग्दा सो घाटा बढेर ५८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

यस्तो घाटा गत आबको सोही अबधिमा २४ अर्ब ७३ करोड रुपैयाँ मात्र रहेको थियो । यसैगरी चालू खाता घाटा पनि उच्च रुपमा बढ्न पुगेको छ । सो अबधिमा चालू खाता घाटा बढेर १ खर्ब ९१ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ५४ अर्ब ९९ करोड रहेको थियो । साथै चालू आबको ७ महिनासम्ममा पनि यस्तो घाटा १ खर्ब ६६ करोड २४ लाख रुपैयाँ मात्र रहेको थियो ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ११ अर्ब ५६ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ११ अर्ब ९४ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब २४ करोड रहेको थियो ।

विदेशी विनिमय सञ्चिति कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७५ फागुन मसान्तमा आईपुग्दा घटेर .१० खर्ब ६१ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ९ खर्ब १४ अर्ब ४२ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने १ खर्ब ४७ अर्ब २९ करोड पुगेको छ ।

२०७५ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव १ प्रतिशत रहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL