Logo

नेप्से परिसुचक ९६ अंकले घट्दा बजार पूँजीकरणमा ३८ अर्बले गिरावट, यी हुन बर्षभरी कमाउने र गुमाउने मुख्य ५ कम्पनी

नेप्से परिसुचक ९६ अंकले घट्दा बजार पूँजीकरणमा ३८ अर्बले गिरावट, यी हुन बर्षभरी कमाउने र गुमाउने मुख्य ५ कम्पनी



काठमाडौं । २०७५ सालमा नेप्सेमा उच्च उतारचढाव भएपनि अन्ततः ९६ अंकले मात्र गिरावट आएको छ । २०७५ को पहिलो दिन अर्थात बैंशाख २ गते १२८० अंकबाट कारोबार सुरु भएको नेप्से परिसुचका अन्तिम दिन चैत २८ गते ११८४ अंकमा आएर बन्द भएको छ ।

बर्षको मध्य समयमा नेप्सेमा उच्च उतार चढाव भएपनि अन्तिम समयमा आएर बढ्दा नेप्से परिसुचक १ सय अंकभन्दा कमले मात्र घट्न पुगेको हो । यसैगरी सो बर्ष बजार पूँजीकरणमा पनि धेरै गिरावट आएन । ९८ अंकले घटेको परिसुचकमा बजार पूँजीकरण ३८ अर्बले घट्न पुगेको छ । सो बर्ष सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक २४ प्रतिशतले घट्दा सबैभन्दा कम विकास बैंक समुह १ प्रतिशतले मात्र घटेको छ ।

सो बजारमा बजारमा सबैभन्दा बढी उन्नती माईक्रो फाइनान्सका लगानीकर्ताले कमाएका छन् । उन्नतीका लगानीकर्ताले ७६ दशमलव २५ प्रतशितले कमाउँदा नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले ७७ दशमलव २२ प्रतिशतले गुमाएका छन् ।

२०७५ मा बजारमा सबैभन्दा बढी कमाउनेमा उन्नतीका साथै सपोर्ट माइक्रोफाइनान्स, एनआईसी एसिया बैंक, लुम्बिनी विकास बैंक, प्रभु बैंकलगायतका लगानीकर्ताले कमाएका छन् ।

यसैगरी उच्च गुमाउनेमा नयाँ नेपाल लघुवित्तका साथै मिर्रमिरे लघुवित्त, स्वरोजगार लघुवित्त, आईएमई जनलर इन्स्योरेन्स, अपी पावर लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL