Logo

राष्ट्रिय गौरवका आयोजनाले लिन सकेन गति, ५० प्रतिशत भन्दा माथीका प्रगतिमा ६ आयोजना मात्रै

राष्ट्रिय गौरवका आयोजनाले लिन सकेन गति, ५० प्रतिशत भन्दा माथीका प्रगतिमा ६ आयोजना मात्रै



काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति न्युन रहेको महालेखा परिक्षकको ५६ औं प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदन अनुसार पश्चिम सेती जलविद्युत आयोजनाको काम हाल सम्म सुरु गरिएको छैन । तर सुरु भएका आयोजनाहरुको केही काम अघि बढे पनि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढ, काठमाडौं तराई मधेश फाष्ट ट्रयाक, बुढीगण्डकी जलविद्युत आयोजना लगायतका भौतिक प्रगती १५ प्रतिशत भन्दा न्युन रहेको छ ।

कार्यान्वयन क्षमताको अभाव, कमजोर ठेक्का व्यवस्थापन, जग्गा प्राप्ति र रुख कटानमा समस्या, अन्तर निकाय समन्वयको कमी, उपकरण ढुवानीमा कठिनाइ लगायतका कारण यी योजनाहरु समयमै सम्पन्न नहुने र लगानी समेत बढने भएको छ ।

सबै भन्दा बढी भौतिक प्रगति भएका आयोजनाहरुमा क्रमशः माथिल्लो तामाकोशी जलविद्युत आयोजना ९८ दशमलब ७ प्रतिशत, मेलम्ची खानेपानी आयोजना ९६, लुम्बिनी क्षेत्र विकास कोष ८०, बबई सिंचाई आयोजना ५९, सिक्टा सिँचाई आयोजना ५७ र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल ५०, प्रतिशत रहेको छ ।

राष्ट्रिय गौरवका आयोजनामा २२ ओटा आयोजना समावेस गरिएको भए पनि ९ ओटा आयोजनाको प्रगति १५ प्रतिशत भन्दा कम रहेको छ भने ७ ओटा आयोजनाको भौतिक प्रगति ५० प्रतिशत भन्दा कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL