Logo

चिनी उद्योगीमाथी प्रधानमन्त्रीको एक्सन, ‘सरकार ढाटेर जनता ठग्ने काम बन्द गर्न निर्देशन’

चिनी उद्योगीमाथी प्रधानमन्त्रीको एक्सन, ‘सरकार ढाटेर जनता ठग्ने काम बन्द गर्न निर्देशन’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीहरुलाई दुई नम्बरी काम नगर्न दिर्नेशन दिएका छन् । पछिल्लो समय चिनी उद्योगले व्यक्तिगत स्वार्थका लागि गैरकानुनी काम गरेको भन्दै व्यवसायका नाममा आगामी दिनमा त्यस्ता काम नगर्न निर्देशन दिएका हुन् ।

‘चिनी उद्योगीले सरकारलाई अनावश्यक रिपोर्टिङ गर्दै चिनी आयातमा रोक लगाउन उत्प्रेरित गरे,’ नेपाल उद्योग परिसंघको १६ औं बार्षिकोत्सवमा उनले भने, ‘सोही अनुरुप नेपाली उद्योगको संरक्षण गर्न चिनी आयातमा रोक लगाए त्यसको भोलीपल्टै देखि उद्योगीले बजारमा चिनी अभाव गराएर मूल्य बढाए ।’ सरकार उच्च आर्थिक वृद्धिको लागि केन्द्रित भएको भन्दै कर छल्ने र जनता ठग्ने उद्योगीहरु राज्यका लागि काम नलाग्ने समेत उनले जानकारी दिए ।

चिनी उद्योगीले बजारमा चिनीको कृतिम अभाव गर्दै मूल्य बढाएर प्रति किलोग्राम १ सय रुपैयाँभन्दा बढी पुर्याएको भन्दै आगामी दिनमा त्यस्ता कालाबजारी काम नगर्न समेत सचेत गराएका थिए ।

‘पहिला नेपालका उद्योगीहरुले नेपाली उद्योगबाट उत्पादित चिनी विकेन हामी मर्कामा पर्यौ भन्नु भयो र सरकारले आयात रोक्यो,’ उनले भने, ‘आयोत रोकेको भोलीपल्ट बाटै उद्योगीहरुले बजारमा चिनी अभाव गराएर प्रतिकेजी ६४÷६५ रुपैयाँको चिनीको मूल्य १ सयभन्दा माथी पुर्याए ।’

यसैगरी कतिपय व्यवसायीहरु नक्कली विल बनाएर भ्याट छलीमा संलग्न भएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । ‘अहिले केही कम्पनीहरुले नक्कली भ्याट विल बनाएर जनताले तिरेको भ्याट रकम समेत गठी गर्दै आएका छन्,’ उनले भने, ‘सरकारले त्यस्ता व्यवसायीको सुक्ष्म अध्ययन गरिरहेको छ ठगी गर्ने कसैलाई पनि छाड्नेछैन ।’

हाल सरकार दोरोहो अंकको उच्च आर्थिक वृद्धि हासिल गर्नका लागि काम गरिरहेको जानकारी दिँदै त्यसका निजी क्षेत्रले पनि सहकार्य गरेर अघि बढ्न आग्रह गरेका थिए । ‘उद्योगी व्यवसायीलाई कानूनी र प्रशासनिक रुपमा के समस्या पर्यो भन्नुस त्यसमा परिवर्तन गर्न म तयार छु,’ उनले भने, ‘तर अब अनाकानी गरेर बस्ने अवस्था छैन ।’

साथै सरकारले स्वदेशी लगानीको संरक्षण गरेर मात्रै विदेशी लगानी आकर्षित गरिने समेत उनले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL