Logo

निजगढ अन्तरराष्ट्रिय विमानस्थल सरकारको निर्णय पर्खंदै, एक महिना भित्र डीपीआरको लागि कम्पनी छनौट हुने

निजगढ अन्तरराष्ट्रिय विमानस्थल सरकारको निर्णय पर्खंदै, एक महिना भित्र डीपीआरको लागि कम्पनी छनौट हुने



काठमाडौं । दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा परिचित निजगढ विमानस्थलको काम शुस्त हुँदै गईरहेको छ । हाल सम्म नीतिगत काम मात्रै भईरहेकाले नयाँ ढङ्गबाट जान सरकारको निर्णय पर्खिरहेको राष्ट्रिय गौरबको आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन ।

laxmi

कोरियन कम्पनी एलएमडब्लुले गरेको पूर्व सम्भाब्यता अध्ययन प्रतिवेदनलाई परिमार्जित गरी नयाँ ढङ्गबाट जानु पर्ने आयोजनाको तर्क रहेको छ । तर सरकारले निर्णय नदिए सम्म काम अगाडी बढाउन नसकिने आयोजना प्रमुख अधिकारीले बताए ।

कोरियन कम्पनीले बनाएको सो प्रतिवेदनमा उनिहरुलेनै संचालन गर्ने गरी बनाएको हुँदा त्यसलाई परिमार्जित गर्न लागेको हो । उनले भने, ‘कम्पनीले उनिहरुको मात्रै हितमा हुने गरी काम गर्ने भए पछि नेपाललाई कुनै फाईदा हुँदैन यस्तो अवस्थामा हामी कसरी काम अगाडी बढाउन सक्छौं ।’

सो विमानस्थलको लागि अबको एक महिना भित्रै विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण गर्न परामर्शदाता कम्पनीको टुङ्गो लाग्ने छ । परामर्शदाता कम्पनीको टुङ्गो लागे पछि सरकारकै लगानीमा बनाउने या विदेशी लगानी भित्र्याउने टुङ्गो लाग्छ ।

तर आयोजना प्रमुखका अनुसार उक्त विमानस्थल निर्माणका लागि परामर्शदाता कम्पनी आए पछि थप कुरा टुङ्गो लाग्ने छ । त्यस पछि भने सरकार आफैंले थोरै थोरै रकम विनियोजन गरेर पनि निर्माण गर्न सकिने अधिकारीको भनाई रहेको छ ।

तर सो विमानस्थल निर्माणको लागि जग्गा अधिग्रहण गर्ने कार्य भने करिब अन्तिम चरणमा रहेको छ । उक्त विमानस्थलको जग्गाको मुआब्जा करिब ६५ देखी ७० प्रतिशत वितरण भईसकेको निजगढ अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले जानकारी दिएका छन ।

त्यस्तै पोखरा विमानस्थलको भौतिक प्रगति भने ३० प्रतिशत भन्दा माथी रहेको आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार पोखरा विमानस्थलको रनवेको कंक्रिट विछ्याउने काम सम्पन्न भईसकेको छ ।

अहिले विमानस्थलको रन वे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भईरहेको छ ।

२०२१ मा संचालनमा ल्याउने गरी अन्य काम समेत तिब्र गतिमा भईरहेको आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL