Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ६ केजी सुन बरामद, ४ भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ६ केजी सुन बरामद, ४ भारतीय नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ६ केजी सुन बरामद भएको छ । थाइ एयरवेजको बैंकक उडानबाट आएको सो सुन प्रहरीले बरामद गरेको हो ।

४ जना भारतीय नागरिकबाट करिब ६ किलो सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ३ महिला र १ पुरूष छन । विमानस्थलमा सादा पोशाकमा खटिएको प्रहरीले उनिहरुलाई सुनसहित नियन्त्रणमा लिएको हो ।

यस्तै विमानस्थलबाटै २० पुस २०७३ मा भित्रिएको साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो । यो मुद्दा समेत काठमाडौं जिल्ला अदालतमा हाल सम्म बिचाराधिन नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL