Logo

सरकारी बेवास्ताले मेलम्ची खानेपानी आयोजना निर्माणमा ढिलाई, आयोजना प्रमुख भन्छन्, पानी आउन अझै ३ बर्ष लाग्छ

सरकारी बेवास्ताले मेलम्ची खानेपानी आयोजना निर्माणमा ढिलाई, आयोजना प्रमुख भन्छन्, पानी आउन अझै ३ बर्ष लाग्छ



काठमाडौं । लामो समयदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न हुन अझै ३ बर्ष लाग्ने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाले मन्त्रालय मार्फत सरकारलाई पटक पटक निर्णय दिन आग्रह गरे पनि सरकारी बेवास्ताका कारण आयोजनाको काम सम्पन्न गर्न २ देखी ३ बर्ष लाग्ने आयोजना प्रमुख सुर्यराज कंडेलले जानकारी दिएका छन ।

अहिले सम्म सरकारले कुनै निर्णय दिई नसकेकाले कसरी काम अगाडी बढाउने भन्ने विषयमा अन्यौलमै रहेको छ । खानेपानी मन्त्रालयले भने काम कसरी अगाडी बढाउने भन्ने निर्णय बोर्डले गर्नु पर्ने बताउँदै आए पनि आयोजनाले भने सो को निर्णय सरकारलेनै गर्नु पर्ने जानकारी दिएको छ ।

‘बोर्डले निर्णय गर्ने हो भने पहिले नै गरेर यति बेला काठमाडौंबासीको धारामा पानी आईसक्थ्यो,’ आयोजना प्रमुख कंडेलले भने, ‘बार्डले निर्णय गर्न सक्छ त्यसको आधारमा जाँदा एउटै कन्ट्रयाक्टमा जानु पर्छ ।’

एउटै कन्ट्रयाक्टमा जाँदा लामो समय लाग्छ । लामो समय लाग्दा सरकारले मेलम्ची प्रोजेक्टलाई संचालन गर्ने कि नगर्ने भन्ने विषयमा समेत प्रश्न उठ्ने उनले जानकारी दिए । ‘संचालमा आउन लागिसकेको आयोजनालाइ संचालन गर्दै जाने र थप बाँकी काम गर्दै जाने हाम्रो मानसिकता हो,’ उनले भने, ‘पानी छिटो ल्याउने कि नल्याउने भन्ने तिर निर्णय गर्नु पर्ने हो त्यो निर्णय बोर्डले गर्न सकिँदैन । जुन मन्त्रालयले नभई सरकार आफैंले निर्णय गर्नु पर्ने हुन्छ ।’

तर संसदीय विकास समितिले समेत काम छिटो सकाउन सरकारलाई निर्देशन दिए पनि हाल सम्म सरकारले कुनै निर्णय दिन नसक्दा आयोजना झनै अन्यौलमा परेको हो ।

छिटो काम गर्ने हो भने अव विदेशी कन्ट्रयाक्टर ल्याउन नहुने समेत उनले जानकारी दिए । नेपाली कन्ट्रयाक्टर मार्फत नै काम गर्नु पर्छ । सार्वजनिक खरिद नियमानुसार विदेशी कम्पनी मार्फत जाने हो भने अझै २ देखी ३ बर्ष लाग्ने उनको दावी थियो ।

त्यसैले किन ढिला भएको हो भन्ने कुरा सरकारले बुझ्नु पर्छ । कंडेलले भने, ‘एउटै कम्पनी मार्फत जा भनेको भए हामी ३ महिना अगाडीनै मेलम्चीको पानी ल्याईसक्थ्यौं ।’ सरकारले भोली किन काम ढिला भयो भनेर प्रश्न गर्ने ठाउँ रहने भएर नै हामीले क्लीयरफाई गरेका हों ।

दोस्रो कन्ट्रयाक्टर आएर काम गर्न झनै गाह्रो छ अव, सबै काम टुक्रा टुक्रा छ । ति कामलाई कसरी ब्यवस्थापन गर्ने त्यस कारणले यो परिस्थीति झन जटिल छ । उनले भने, ‘दोस्रो कन्ट्रयाक्टर लिएर जाउ एक वर्षमा पानी लिएर आउ भनेर दुईटै हातमा लड्डु खोजेर पाउँदैन र यो सम्भव पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL