Logo

लिलामीमा बिक्री गर्दै निगमको बोईङ ७५७, वाईडबडी नचल्दा ऋण तिर्न सरकारसँग ५ अर्ब माग

लिलामीमा बिक्री गर्दै निगमको बोईङ ७५७, वाईडबडी नचल्दा ऋण तिर्न सरकारसँग ५ अर्ब माग



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज बोईङ ७५७, ९एन बिक्री गर्ने भएको छ । बिक्री गर्ने वा आफैले संचालन गर्ने भन्ने विषयमा लामो समयसम्म अन्यौल रहेकामा अन्तत बिक्री गरिने भएको हो ।

laxmi

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सो जहाज बिक्री गर्ने वा संचालन गर्ने सम्बन्धमा टुङ्गो लगाउने जिम्मा बोर्डलाई नै दिए पनि अन्तिम स्वीकृतिका लागि पर्यटन मन्त्रालयमा पठाउने तयारी गरिरहेको निगमले जानकारी दिएको छ ।

विगत लामो समय देखी ग्राउण्डेड रहेको उक्त जहाज मर्मत गरी संचालन गर्दा आर्थिक रुपमा धेरै भार पर्ने देखिए पछि जहाज बिक्री गर्ने निर्णयमा पुगेको निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन ।

उनका अनुसार मन्त्रालयको अन्तिम स्वीकृति आएसँगै उक्त जहाजको बढाबड लिलामी गर्ने भएको छ । तर निगमको अघिल्लो बोर्ड बैठकले सबै प्रकृया पुर्याएर कागजपत्र मन्त्रालय पठाउने निर्णय गरे पनि हालसम्म उक्त कागजपत्रहरु निगममानै रहेको छ ।

वाईडबडीले ऋण तिर्नै गाह्रो

निगमले मार्च देखी आफ्नो जहाजलाई फुलफेजमा उडान गर्ने बताए पनि हालसम्म छोटोदुरीको यात्रामा नै सिमित राखेको छ । अन्तरराष्ट्रिय प्राक्टिस अनुसार दैनिक १४ देखी १५ घण्टा उडान गर्नु पर्ने जहाज ९ घण्टा मात्रै संचालनमा रहे पछि निगमले संचयकोष र लगानीबोर्डको ऋण तिर्न सरकारलाई गुहारेको छ ।

पहिलो फेजमा २० अर्ब रुपैयाँ माग गरेको निगमले पछिल्लो समयमा आएर ऋण तिर्नकै लागि ५ अर्ब रुपैयाँ माग गरेको हो । जापान र गोन्जावा उडान नभए सम्म सरकारको सर्पोट रह्यो भने ति दुई स्थानमा उडान गरे पछि निगम आफैं सक्षम हुने निगमको दाबी रहेको छ ।

सहप्रवक्ता कोईरालाका अनुसार अन्य मुलुकमा राष्ट्रिय ध्वजाबाहकलाई सरकारले ५÷६ सय करोड रुपैयाँ ऋण दिन्छ तर हाम्रो सरकारले ५ करोड रुपैयाँ नदिने भन्ने त हुँदैन । केही समयको लागि हामीलाई सरकारी सर्पोट भयो भने ऋण तिर्न हामी आफैं सक्षम हुनेछौं ।

वाईडबडीको ऋण तिर्ने तयारीमा रहेको निगमले चैत मसान्तमा केही रकम भए पनि बुझाउने तयारी गरेको छ । तर, जब सम्म जापान र गोन्जावा उडान गर्न सकिँदैन तव सम्म पूर्ण रुपमा किस्ता तिर्न नसकिने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL