Logo

एनालग टेलिभिजनलाई कसी लगाउँदै सरकार, एनालग प्रणाली संचालन गर्ने कम्पनीका उपकरण जफत

एनालग टेलिभिजनलाई कसी लगाउँदै सरकार, एनालग प्रणाली संचालन गर्ने कम्पनीका उपकरण जफत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले एनालग टिभी प्रणालीबाट टेलिभिजन सञ्चालन गरिरहेको कम्पनीको उपकरणहरु जफत गरेको छ । राष्ट्रिय प्रसारण नियमावली २०५२ को नियम ४क का आधारमा सम्पुर्ण एनालग टेलिभिजनहरु डिजिटल प्रणलीमा जानुपर्ने भन्दै धरान केवल टीभी नेटवर्ककका उपकरणहरु जफत गरेको हो ।

सुचना तथा संचार प्रविधि मन्त्रालयबाट खटिएको एक टोलीले चैत ५ गते सुनसरी स्थित टेलिभिजन प्रसारण संस्थाहरु धरान केवल टिभी नेटवर्क र पशुपति केवल नेटवर्कमा अनुगमन गरेको थियो ।

सोही अनुगमन टोलिले धरान केवल टिभी नेटवर्कले एनालग टेलिभिजन सेवा अझै संचालन गरिरहेको हुनाले उक्त कम्पनीका विभिन्न उपकरणहरु जफत गरिएको मन्त्रालयले जानकारी दिएको छ । सरकारले हालसम्म रहेका एनालग टिभीलाई डिजिटलमा लैजान पटकपटक ताकेता गरिरहेको छ ।

यस्तै सरकारले एनालग टेलिभिजन बन्द गर्न र कसैले यसको संचालन गरिरहेको पाईएमा सम्बन्धित उपकरणहरु जफग गर्ने भन्दै गत फागुन ५ गते गोरखापत्रमा सुचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL