Logo

भैरहवाबाट पनि बल्क कार्गो ल्याउन पाइने, भारतका थप दुई बन्दरगाहमा पहुँच

भैरहवाबाट पनि बल्क कार्गो ल्याउन पाइने, भारतका थप दुई बन्दरगाहमा पहुँच



काठमाडौं । विराटनगर नाकाबाट मात्र बल्क कार्गो ल्याउने सुविधा पाइरहेकोमा नेपालले भैरहवा नाकाबाट पनि यस्तो सुविधा पाउने भएको छ । भारत हुँदै तेस्रो देशबाट बल्क कार्गो ल्याउँदा विराटनगर नाकाबाट मात्र भित्र्याउनुपर्ने यसअघिको प्रावधान थियो ।

laxmi


भारतको नयाँ दिल्लीमा नेपाल र भारतका प्रतिनिधिले पारवहन सन्धी संसोधनको लेटर अफ एक्सचेञ्जको एकिकृतखाकामा हस्ताक्षर गर्दै यस्तो व्यवस्था गर्न सहमत भएका हुन् ।


सहमति अनुसार नेपालले भारतका थप दुई बन्दरगाहमा पहुँच पाउनेछ । ओडिसामा रहेको ढाम्रा बन्दरगाह र गुजरातमा रहेको मुन्द्रा बन्दरगाहसम्मको रुट प्रयोग गर्न दिन भारत सहमत भएको छ । कोलकाता र विशाखापट्टनम बन्दरगाहमात्र प्रयोग गर्दै आएको नेपालका लागि यी नाका थप भएपछि केही सजिलो हुने अपेक्षा गरिएको छ ।


भारतसँगको सहमति अनुसार त्यहाँ अघि बढीरहेकोे इनल्यान्ड वाटरवेजमा नेपाललाई समेत पहुँच दिने विषयले करिब टुंगो पाएको छ । यो विषयले औपचारीक रुपमा पारवहन सन्धीमा प्रवेश मात्र पाएको छैन नारायणी नदिसम्म पानीजहाजमै भारतबाट सामान ल्याउन सकिने आधार तयार भएको छ । वाटरवेजको विषयमा भारतले केन्द्रीय स्तरमा निर्णय गरेपछि त्यो ढोका नेपालका लागि खुला हुनेछ ।


दुवै देशले टुंगो लगाएका यी विषय आफ्ना मन्त्रीपरिषदबाट निर्णय गराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL