Logo

फेब्रुअरीमा मात्रै भित्रिए सवा लाख पर्यटक, भारतबाट आउने पर्यटक ९२ प्रतिशतले बढे

फेब्रुअरीमा मात्रै भित्रिए सवा लाख पर्यटक, भारतबाट आउने पर्यटक ९२ प्रतिशतले बढे



काठमाडौं । फेब्रुअरी महिनामा मात्रै १ लाख पर्यटक नेपाल भित्रिएका छन । अध्यागमन विभागको तथ्याङक अनुुसार २०१९ को फेब्रुअरीमा १ लाख २४ हजार ४ सय २१ जना पर्यटक नेपाल भित्रिएका हुन ।

laxmi

विभागका अनुसार फेब्रुअरीमा हवाई मार्गबाट ९७ हजार ६ सय ९४ जना पर्यटक भित्रिएका थिए भने २६ हजार ७ सय २७ जना पर्यटक स्थलमार्गबाट भित्रिएका हुन । यो संख्या गत बर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतल बढी हो ।

अघिल्लो बर्षको फेब्रुअरीको तुलनामा यो बर्षको सोही अबधिमा भारतबाट आउने पर्यटकको संख्यामा ९२ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । गत बर्षको सोही अबधिमा भारतबाट ७ हजार ५ सय पर्यटक भित्रिएकोमा यो बर्षको फेब्रुअरीमा १५ हजार ५ सय ७१ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी श्रीलंकाबाट आउने पर्यटकको संख्या भने १४ हजार ८ सय ३१ जना रहेको तथ्याङकमा उल्लेख छ ।

एक महिनामा सार्क मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्या भने ८५ प्रतिशतले वृद्धि भएको छ । जसमा अघिल्लो बर्षको फेब्रुअरीमा सार्क मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्या ३१ हजार ८ सय ३१ रहेको थियो ।

अध्यागनमको तथ्याङ्क अनुसार सो अबधिमा १६ हजार २ सय ५ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका छन । थाईल्याण्डबाट नेपाल भित्रिने पर्यटक १ सय ९ प्रतिशतले वृद्धि हुँदै १४ हजार ३ सय २२ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

यस्तै युरोपका देशबाट नेपाल आउने पर्यटकमा पनि ११ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । यो बर्षको फेब्रुअरीमा युरोपबाट नेपाल आउने पर्यटकको संख्या १७ हजार ७ सय ८९ जना पुगेका छन । यस्तै अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्यामा भने ५ प्रतिशत र अष्ट्रेलियाबाट आउने पर्यटकको संख्यामा १७ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL