Logo

बैंकर र उद्योगीमाथी अर्थमन्त्रीको आक्रोस, ‘एक आपसमा पाखुरा सुर्के नलगाउनुस सरकार हस्तक्षेप गर्न बाध्य हुनेछ’

बैंकर र उद्योगीमाथी अर्थमन्त्रीको आक्रोस, ‘एक आपसमा पाखुरा सुर्के नलगाउनुस सरकार हस्तक्षेप गर्न बाध्य हुनेछ’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक र उद्योगीबीच ब्याजदरको विषयमा भएको पाखुरा सुर्कासुर्कीले नराम्रो सन्देश दिएको भन्दै आगामी दिनमा मिलेर अघि बढ्न निर्देशन दिएका छन् ।

‘अहिले बैंक र उद्योगीहरुबीच ब्याजदरको विषयमा जुन किसिमको पाखुरा सुकासुर्की गरेर एकदमै तल्लो स्तरमा झरेका छन् त्यो सरकारलाई पटक्कै मन परेको छैन,’ पूर्वाधार विकास बैंकको उद्घाटन गर्दै उनले भने, ‘उद्योगी र बैंकर एकै हुनुहुन्छ एक आपसमा बसेर कुरा गरेर ब्याजदर तय गर्नुस ।’

ब्याजदरको विषयमा सरकारले कहाँ हस्क्षेप गर्नुपर्ने हो सो विन्दुमा आएर आग्रह गर्न समेत बैंक र उद्योगीलाई निर्देशन दिएका छन् । ‘हामी जथाभावी हात फैलाएर सुड पसार्दै तपाईहरुको क्षेत्रमा प्रवेश गर्न इच्छुक छैनौं त्यो हाम्रो अभिप्राय पनि होइन,’ उनले भने, ‘तर, तपाईहरु झगडा गरिरहनु भयो भने त्यसलाई मिलाउन हामी तयार भएर बस्नै पर्छ र हस्तक्षेप पनि गर्नेछौं ।’

बैंक र उद्योगीलाई प्रतिबादमा नजान निर्देशन दिँदै विगतमा भएको ६ प्रतिशत र हाल भएको १६ प्रतिशत ब्याजको औषतको आधारमा ब्याजदर तय गर्नुपर्ने उनको भनाई थियो । ब्याजदरमा अस्वस्थ्य प्रतिस्पर्धा कसैको पनि पक्षमा नुहुने उनको तर्क थियो ।

यसैगरी संस्थागत निक्षेपकर्तालाई पनि अनावश्यक रुपमा बार्गेनिङ गर्दै मौसमी लाभ लिनेतर्फ नलाग्न निर्देशन दिएका छन् । ‘तपाईहरु यसलाई हस्तक्षेप, सुझाव वा निर्देशन जुन रुपमा लिएपनि लिनुहोस,’ उनले भने, ‘तर, व्याजदरलाई स्थिर राख्नका लागि आ–आफ्नोतर्फबाट पहल गर्नुस ।’

प्रतिक्रिया दिनुहोस्
MBL