Logo

बजेटको अर्धबार्षिक समीक्षा : पूँजीगत खर्च परिचालन ८४ प्रतिशत, राजस्व उठौती पनि खुम्चिने

बजेटको अर्धबार्षिक समीक्षा : पूँजीगत खर्च परिचालन ८४ प्रतिशत, राजस्व उठौती पनि खुम्चिने



काठमाडौं । सरकारले चालू आर्थिक बर्षको बजेटको अर्धबार्षिक समीक्षा गर्दै पूँजीगत खर्च ८४ दशमलव ५ प्रतिशत मात्र खर्च हुने प्रक्षेपण गरेको छ । हालसम्मको स्थितीमा आईपुग्दा लक्ष्य अनुरुप पूँजीगत खर्च नभएको भन्दै चालू आबको अन्त्यसम्ममा ८४ दशमलव ५ प्रतिशतमात्र खर्च हुने अनुमान गरेको हो ।

laxmi

सरकारले चालू आर्थिक बर्षको लागि पूँजीगत खर्चतर्फ ३ खर्ब ९६ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये २ खर्ब ६५ अर्ब रुपैयाँमा मात्र पूँजीगत खर्च हुने अनुमान गरिएको हो ।
यसैगरी कुल बजेट खर्च पनि ९१ प्रतिशतमा खुच्चिने अनुमान अर्थ मन्त्रालयको रहेको छ । चालू आबको लागि कुल १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएकोमा ११ खर्ब ९९ अर्ब १५ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।

यसैगरी चालू आबका लक्ष्य अनुरुप राजस्व संकलन समेत नहुने अर्थमन्त्रालयको प्रक्षेपण छ । यो आबमा ९ खर्ब ४५ अर्ब राजस्व उठाउने लक्ष्य राखिएकोमा ९ खर्ब १७ अर्ब मात्र उठ्ने अर्थको प्रक्षेपण छ । जुन लक्ष्यको तुलनामा ९७ प्रतिशत मात्र हो ।

बजेटको अर्धबार्षिक समीक्षा अनुसार गत आबको पहिलो ६ महिनाको तुलनमा चालू आबको सोही अबधिमा संघतर्फको राजस्व संकलन २६ दशमलव १ प्रतिशतले वृद्धि हुँदै ४ खर्ब २ अर्ब ४८ करोड रुपैयाँ संकलन भएको थियो । यसैगरी सो अबधिमा १ खर्ब ११ अर्ब ६३ करोड रुपैयाँ वैदेशिक सहायताको प्रतिवद्धता आएको छ ।

ठूला आयोजना कार्यान्वयनमा देखिएको समस्या र काम भइसकेको आयोजनामा भुक्तानी गर्न ढिलाई भएकाले पनि पूँजीगत खर्च नबढेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । ‘हामीले गत आर्थिक बर्षको तुलनामा बजेट खर्च बढाएका छौं,’ उनले भने, ‘विभिन्न नीति नियमको तर्जुमा तथा केही ठूला आयोजनाहरु सहज रुपमा चल्न नसक्दा पूँजीगत खर्च लक्ष्य अनुरुप नहुने देखिएको छ ।’ साथै यो आबमा चालू खर्चमा पनि गत आबको तुलनामा संकुचन आएको उनले जानकारी दिए ।

चालू आबमा वैदेशिक सहायता परिचालन नहुँदा पनि खर्च बढ्न नसकेको अर्थमन्त्री खतिवडाले जानकारी दिए । ‘कतिपय वैदेशिक सहायता र भुकम्प पछिको पुनर्निर्माणमा दातृ निकायको सर्त र हामीले अघि बढाएको कामबीच तालमेल भएन,’ उनले भने, ‘हाम्रो आश्यकता अनुरुप दातृ निकायले खर्च नगर्दा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL