Logo

संचारमन्त्री बास्कोटाको उपस्थितीमा टर्कीको टर्कसेल र नेपालको सीजी टेलिकमबीच सम्झौता

संचारमन्त्री बास्कोटाको उपस्थितीमा टर्कीको टर्कसेल र नेपालको सीजी टेलिकमबीच सम्झौता



काठमाडौं । चौधरी ग्रूप अन्तरगतको सीजी टेलिकम्युनिकेसन र टर्कीको टर्कसेलबीच सम्झौता भएको छ । नेपालमा दूरसञ्चार सेवा विस्तारको लक्ष्यसहित रणनीतिक साझेदार भित्र्याउनका लागि सीजी टलिकम्युनिकशनले टर्कसेलसँग सम्झौता गरको हो ।

laxmi


सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको रोहबरमा सीजीले नेपालमा रणनीतिक साझेदार भित्र्याउन टर्कसेलसँग सम्झौता गरेको हो । स्पेनमा जारी जिएसएमए मोबाइल वल्र्ड कङग्रेसका क्रममा उक्त सम्झौता भएको हो ।

सम्झौतामा सीजीकातर्फबाट निर्वाण चौधरीले हस्ताक्षर गरेका छन । उक्त सम्झौता कार्यक्रममा सञ्चार तथा सुचना प्रविधी मन्त्री गोकुल प्रसाद बास्कोटा र नेपाल दुरसञ्चार प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुसोत्तम खनाल र सीजी ग्रूपका अध्यक्ष विनोद चौधरी समेत उपस्थिती थियो ।

खासगरी इन्टनरेटमा आधारित कलको ब्रान्डिङ गर्ने उद्देश्यसहित टर्कसेलले लाइफसेल नामको डिजिटल सन् २०१७ देखि सञ्चालनमा ल्याएको थियो । लाइफसेलले इन्टरनेटमा आधारित दूरसञ्चार सेवाको विस्तारमा अहिले काम गरिरहेको छ ।

साथै सीजी टेलिकम्युनिकेशनले पनि लाइफसेलसँगको सहकार्यले नेपालको डिजिटल क्षेत्रमा काम गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामीण दूरसञ्चार सेवाको लागि मात्र लाइसेन्स प्राप्त गरेको एसटीएम सञ्चार प्रालि पछि चौधरी समुहले खरिद गरेको थियो । २०७४ जेठमा मन्त्रिपरिषद बैठकमा सीजी टेलिकमलाई अनुमति दिने निर्णय भएपनि प्राधिकरणबाट अहिलेसम्म यसले लाइसेन्स प्राप्त गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL