Logo

स्पेनमा रणनीतिक साझेदार खोज्दै विनोद चौधरी, सीजी टेलिकम र लाइफसेलबीच सहकार्य हुने

स्पेनमा रणनीतिक साझेदार खोज्दै विनोद चौधरी, सीजी टेलिकम र लाइफसेलबीच सहकार्य हुने



काठमाडौं । चौधरी गु्रप अन्तर्गतको सीजी टेलिकम्युनिकेसन प्रालिले दूरसञ्चार सेवा विस्तारको लक्ष्यसहित रणनीतिक साझेदार भित्र्याउनेतर्फ छलफल अघि बढाएको छ । स्पेनको बार्सिलोनामा जारी जीएसएमए मोबाइल वल्र्ड कंगे्रसका क्रममा सीजी गु्रपका अध्यक्ष विनोद चौधरीले सम्झौताको प्रक्रिया अघि बढाएका हुन् ।

चौधरीले सोमबार राति ट्वीट गर्दै टर्किको टर्कसेल अन्तर्गतको लाइफसेलसँग सहकार्य अघि बढेको उल्लेख गरेका छन् । खासगरी इन्टनरेटमा आधारीत कलको ब्रान्डिङ गर्ने उद्देश्यसहित टर्कसेलले लाइफसेल नामको डिजिटल सन् २०१७ देखि सञ्चालनमा ल्याएको थियो । लाइफसेलले इन्टरनेटमा आधारीत दूरसञ्चार सेवाको विस्तारमा अहिले काम गरिरहेको छ ।

चौधरीले आफ्नो ट्वीटमा लाइफसेलसँगको सहकार्यले नेपालको डिजिटल प्रक्रियामा सहयोग पुग्ने बताएका छन् । सुरुमा डिजिटल बस्तुमा लाइफसेलसँग सहकार्य हुने र पछि दूरसञ्चार सेवा विस्तारमा काम हुने उनले जनाएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामिण दूरसञ्चार सेवाको लागि मात्र लाइसेन्स प्राप्त गरेको एसटीएम सञ्चार प्रालि पछि चौधरी समुहले खरिद गरेको थियो । २०७४ जेठमा मन्त्रीपरिषद बैठकमा सीजी टेलिकमलाई अनुमति दिने निर्णय भएपनि प्राधिकरणबाट अहिलेसम्म यसले लाइसेन्स प्राप्त गर्न सकेको छैन । प्राधिकरण दूरञ्चार क्षेत्रको नियामक निकाय हो ।

प्रतिक्रिया दिनुहोस्
MBL