Logo

कुबेर समुह भित्रिएपछि सौर्यका ग्राउण्डेड जहाज मार्चदेखि संचालनमा, विमानस्थलको बक्यौता रकम किस्तामा बुझाउने

कुबेर समुह भित्रिएपछि सौर्यका ग्राउण्डेड जहाज मार्चदेखि संचालनमा, विमानस्थलको बक्यौता रकम किस्तामा बुझाउने



काठमाडौं । करिब साढे २ महिना देखी ग्राउण्डेड सौर्यका जहाज मार्च पहिलो हप्तादेखि संचालनमा आउने भएको छ ।

laxmi

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बक्यौता रकम समयमै नबुझाउँदा विमानस्थलले उक्त जहाज ग्राउण्डेड गरेको थियो । कम्पनीले उक्त बक्यौता रकम बुझाउन थप लगानीकर्ता ल्याए पनि सो रकम बुझाउन नसके पछि अन्नत जहाजनै बेच्नु परेको थियो ।

नेपाली लगानीकर्ताले भारतीय लगानीकर्ता कुवेर समुहलाई करिब ६२ करोड रुपैयाँमा बिक्री गरे पछि अब मार्चको पहिलो हप्ताबाट जहाज संचालनमा ल्याउन लागिएको सौर्यका चिफसेल्स एन्ड मार्केटिङ म्यानेजर मुकेश खनालले जानकारी दिएका छन ।

कुवेर समुहलाई जहाज बेचे पछि अहिले सेयर ट्रान्सफरको काम भईरहेको समेत खनालले जानकारी दिएका छन । लामो समयसम्म नतिरेको विमानस्थलको बक्यौता रकम पनि मंगलबारदेखि तिर्न सुरु गरिने उनले जानकारी दिए ।

‘विमानस्थलको बक्यौता रकम धेरै भएकाले एकै पटक भने दिन सकिँदैन तर हामी किस्ता किस्ता गरेर बुझाउँछौं,’ उनले भने । हाल कम्पनीले विमानस्थललाई बुझाउनु पर्ने बक्यौता रकम करिब ४ करोड रुपैयाँ बक्यौता रहेको छ ।

उनका अनुसार कुवेर समुह अन्तरगतको ४९ प्रतिशत भारतीय र ५१ प्रतिशत नेपाली आफन्तहरुको नाममा खरिद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL