Logo

मेलम्चीमा खानेपानी मन्त्री र आयोजनाबीच विवाद, किन पछि लाग्दैछिन् मन्त्री मगर ठेकेदारको ?

मेलम्चीमा खानेपानी मन्त्री र आयोजनाबीच विवाद, किन पछि लाग्दैछिन् मन्त्री मगर ठेकेदारको ?



काठमाडौं । दशैं अगाडीनै मेलम्चीको पानी काठमाडौंबासीलाई वितरणगर्ने योजना रहे पनि अहिले सो लक्ष्य सपनामै सिमिति भएको छ ।

laxmi

गत डिसेम्बरमा आयोजना निर्माणको ठेक्का पाएको इटालिएन कम्पनीले काम छाडेर भागे पछि आयोजनाको काम अलपत्रभएको छ । ठेकेदार भागेसँगै मेलम्ची आयोजनाले पुस २० गते सम्झौता नै रद्द गरेको थियो । तर, खानेपानी मन्त्रायले भने अहिलेसम्म पनि सिएमसीलाईनै पर्खेर बसेको सरकारले कुनै निर्णय भने लिईसकेको छैन ।

सरकारले यसअघि सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरे पनि अझै सिएमसीलाईनै पर्खिरहेको छ । केहीदिन अघिमात्रै खाने पानी मन्त्री विनामगरले सो आयोजनाको बाँकीकाम सम्पन्नगर्न सिएमसीलाई नै फर्काउने कामभईरहेको बताएकी थिइन ।

तर मेलम्ची खानेपानी आयोजनाले भने सिएमसीलाई फर्काउनुको कुनै औचित्य नभएको र अबको दिनमा सिएमसीलाई कुनै हालतमा नफर्काउने जानकारी दिएको छ । आयोजनाका प्रवक्ता राजेन्द्र प्रसादपन्तले भने ‘अवसिएमसीलाई के को आधारमा बोलाउने जुन आफैं टाँटपल्टेर भागेको थियो’ ।

बोलकबोल (टेण्डर) को लागि कागजपत्रहरु तयार गरिसकेको पन्तले जानकारी दिएका छन । सायद अबको केही दिनमानै कागजपत्रका काम सम्पन्न गरी थपकाम अगाडी बढाउनेछ पन्तले भने ।

तर खानेपानी मन्त्री मगरले भने सकेसम्म काठमाडौंबासीलाई छिटो भन्दाछिटो पानी वितरणगर्नकै लागि भएपनि सिएमसीलाईनै फर्काउनु पर्ने बताएकी थिइन ।

उनले टेण्डरमा जादा काम ढिला हुने भन्दै सिएमसीलाईनै फर्काउनु पर्ने बताएपछि आयोजनाका एक उच्च अधिकारीले बिजखबरसँग भने ‘यहाँ सबै आर्थिक चलखेलको खेल जो छ, सायद सिएमसीनै आउनपनि सक्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL