Logo

सगरमाथा आरोहणमा चीनको कडा नीति, अनुमति नलिने आधार शिविरसम्म पनि जान नपाउने

सगरमाथा आरोहणमा चीनको कडा नीति, अनुमति नलिने आधार शिविरसम्म पनि जान नपाउने



काठमाडौं । चीनले आरोहण अनुमती नलिएका आरोहीलाई आफ्नो बाटो हुँदै सगरमाथाको आधार सिविरमा जान रोक लगाएको छ ।

laxmi

नियमनको आवज्ञा गर्दै विभिन्न निकायहरुले आरोही अनुमती नलिईकनै आरोहीलाई उक्त आधारशिविरमा पठाउने गरेको चीनले जानकारी दिएको थियो ।

उक्त शिविरसम्म जानका लागि रोक लगाएपछि अब पर्यटकहरु ५ हजार २ सय मिटरको उचाईभन्दा तलसम्म मात्रै जान पाउनेछन ।

प्रायजसो पर्यटकहरु सगरमाथा आरोहण गर्नका लागि नेपालको बाटो प्रयोग गर्ने भएपनि यो बर्ष भने चीनको बाटोबाट आरोहण गर्ने पर्यटक बढेका हुन ।

सगरमाथा आरोहण गर्नका लागि चीनको बाटो बाट जाँदा आधार शिविरसम्म सवारी लैजान सकिन्छ । तर नेपालको बाटो भएर जाँदा २ हप्ता जति हिँड्नुपर्ने भएकाले चिनियाँ बाटो हुँदै सगरमाथा आरोहण गर्नेको संख्या बढेको हो । तिब्बतको बाटो हुँदै चिनबाट सगरमाथा आरोहण गर्न सकिन्छ ।

सगरमाथा आरोहीहरुको संख्या बढेसँगै यसको सुन्दरतामा पनि विभिन्न खेर गएका वस्तुहरुले ह्रास ल्याएका छन ।

चीन आरोहण संघका अनुसार सन २०१५ मा मात्रै ४० हजार जना आरोहीहरु चीन तर्फको सगरमाथा आधारशिविरसम्म पुगेका थिए । यस्तै सन २०१६ मा नेपालको आधारशिविर सम्म भने जम्मा ४५ हजार जना आरोही हरु पुगेका थिए ।

चीनका अनुसार प्रायजसो पर्यटकहरु रोङबुक गुम्बा क्षेत्रभन्दा माथि जान नपाउने भएका हुन । जुन समन्द्री सतहबाट ५ हजार मिटरको उचाईमा छ । सगरमाथा आरोहण गर्न आरोहण अनुमती पाएकाले मात्रै सबैभन्दा माथिको आधारशिविर प्रयोग गर्न पाउने भएका छन ।
यही जनवरीमा चीनको आरोहण संघले प्रति बर्ष ३ सय ओटा मात्रै आरोहण अनुमती दिने घोषणा गर्ने भएको छ । एक चिनियाँ सामाजिक संजालका अनुसार चीनले सगरमाथा आरोहणका लागि चिनियाँ मार्ग बन्द गर्ने दावी गरेपनि सिन्ह्वाले भने सरकारले यो निर्णयको अवज्ञा गरेको उल्लेख गरेको छ ।


यही जनवरीमा चीनको आरोहण संघले प्रति बर्ष ३ सय ओटा मात्रै आरोहण अनुमती दिने घोषणा गर्ने भएको छ । एक चिनियाँ सामाजिक संजालका अनुसार चीनले सगरमाथा आरोहणका लागि चिनियाँ मार्ग बन्द गर्ने दावी गरेपनि सिन्ह्वाले भने सरकारले यो निर्णयको अवज्ञा गरेको उल्लेख गरेको छ / बिबिसी

प्रतिक्रिया दिनुहोस्
MBL