Logo

जिएसए नपाउँदा निगमको साउदी उडान रोकियो, जापानको उडान अन्तिम तयारी

जिएसए नपाउँदा निगमको साउदी उडान रोकियो, जापानको उडान अन्तिम तयारी



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजे साउदी अरेबियामा आफ्नो उडान गर्न नपाउने भएको छ । केही समय अगाडी रियाद उडान गर्नको लागि सम्पूर्ण तयारी गरेको निगमले आधिकारीक टिकट विक्रेता (जिएसए) नपाउँदा उडान भर्न नपाउने भएको हो ।

दोस्रो पटक जिएसएको लागि टेण्डर भए पनि प्राप्त टेण्डरमा दायरा पुरा नभए पछि हाललाई रियाद उडान भर्न नसकिने निगमका सह प्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन ।

उनका अनुसार रियाद उडानको लागि निगम ब्यवस्थापनले बोडमा सबै कागजपत्रहरु पठाई सकेको छ । बोडको कस्तो निर्णय आउने हो त्यस पछि मात्रै रियाद उडाउन सकिन्छ कि सकिँदैन भन्न सकिन्छ तर अहिलेको अवस्थामा भने केही भन्न सकिँदैन कोईरालाले भने ।

निगमले भने साउदीको रियाद, जापान, कोरिया लगायतको देशहरुमा आफ्नो गन्तब्य बनाउने भन्दै करिब २५ अर्ब रुपैयाँमा दुई ओटा वाईडबडी खरिद गरेको थियो ।

हाललाई रियाद उडान भर्न नसके पनि जापान र चीनमा भने आफ्नो जहाज उडाउने भएको छ । जापान र चीनको लागि सबे कागजपत्र पुगि त्यहाँका नागरिक उड्यन प्राधिकरणले मूल्याङन गरिरहेको समेत उनले बताए ।

फेब्रुअरिबाट जापान उडाउन तयारी गरे पनि जापानबाट स्वीकृति पत्र नआएकाले आफुहरु स्वीकृति पत्रको पर्खाइमा रहेको सहप्रवक्ता कोईरालाले बताए । निगमले पठाएको कागजपत्रहरु जापानको नागरिक उड्यनले हेरीरहेको र अझै थप केही कागजपत्र माग गरेको खण्डमा हामीले पठाउनु पर्ने हुन्छ उनले भने ।

हाम्रो हातको कुरा होईन उनिहरुले जहिले हामीलाई स्वीकृति पत्र पठाउँछ तव मात्रै हामी त्यहाँ जान सक्छौं । तर पत्र प्राप्त भई सके पछि पनि करिब एक महिना पछि मात्रै जापान उडान भर्न सकिन्छ कोईरालाले भने ।

चीनको लागि पनि सबै कागजपत्र पठाईसकेको र सवीकृति पत्रको पर्खाइमा निगम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL