Logo

रेल्वे निर्माणको लागि एग्रेसिभ रुपमा अघि बढ्दै विभाग, लालबन्दी देखि निजगढसम्मको टेण्डर आब्हान गर्दै

रेल्वे निर्माणको लागि एग्रेसिभ रुपमा अघि बढ्दै विभाग, लालबन्दी देखि निजगढसम्मको टेण्डर आब्हान गर्दै



काठमाडौं । लालबन्दी देखि निजगढसम्मको रेलवे ट्रयाकबेल्टको बोल कबोल (टेण्डर) हुने भएको छ । सो रेलमार्गको करिब ९० प्रतिशत काम अर्थात बर्दिबासदेखि लालबन्दीसम्मको पुरा भईसकेको छ । लालबन्दी देखी निजगढसम्मको ट्रयाकबेल्टको लागि विभागले टेण्डर आब्हान गर्न लागिएको हो ।

लालबन्दीदेखि निजगढसम्म करिब ४० किलोमिटर ट्रयाकबेल्टको लागि टेण्डर तत्काल खुलाउन लागिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । सो क्षेत्रको ट्रयाकबेल्टको निर्माणको लागि भने करिब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको समेत उनले जानकारी दिए ।

‘अवको १५÷२० भित्रमा टेण्डर खुलाउने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘उक्त ट्रयाकबेल्टको टेण्डरसँगै सो क्षेत्रमा पर्ने करिब ५ ओटा पुलको समेत टेण्डर गर्नेछौं ।’ ५ ओटा पुलको लागि भने करिब २ अर्ब रुपैयाँ लागत लाग्न सक्ने विभागका महानिर्देशक मिश्रले जानकारी दिएका छन ।

मिश्रका अनुसार सो क्षेत्रमा पर्ने करिब १० ओटापुलको भने टेण्डर भईसकेको छ । १० ओटा पुलको टेण्डर प्रकृया पुरा भई केहि काम समेत अघि बढिसकेको छ । तर अन्य ५ ओटापुलको भने अहिले मूल्याङकन भईरहेको विभागले जानकारी दिएको छ ।

५ ओटापुलको मूल्याङकनको काम सम्पन्न गरे लगतै टेण्डर गरि सम्झौता गरी तत्काल काम अघि बढाईने समेत मिश्रले जानकारी दिएका छन । जयनगर जनकपुर–कुर्था रेलमार्ग रेल कुदाउने लक्ष्यका साथ काम गरिरहेको विभागले रेल खरिद प्रकृया अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

विभागले रेल खरिद प्रकृयाको चरण अन्तिम अवस्थामा रहेकाले उक्त रेल मार्गमा छिट्टै रेल संचालनमा ल्याउन सकिने जानकारी दिएको छ ।

भारतीय कम्पनी इर्कन इन्टरनेसनलले निर्माण गरिरहेको सो ब्रोडगेज रेल मार्गको काम समेत अन्तिम चरण्मापुगेको छ । उक्त रेलमार्गमा नेपालले ५÷५ वटा डिब्बा सहितको २ ओटा रेल संचालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL