Logo

हिमालय एयरको १४ करोड बक्यौता उठाउन ताकेता, जहाज उडानमा रोक लगाउँदै त्रिभुवन विमानस्थल

हिमालय एयरको १४ करोड बक्यौता उठाउन ताकेता, जहाज उडानमा रोक लगाउँदै त्रिभुवन विमानस्थल



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले हिमालय एयरलाई बक्यौता रकम तिर्न ताकेता गरेको छ । उक्त एयरले लामो समय देखी विमानस्थललाई बुझाउनु पर्ने ठूलोमात्राको बक्यौता रकम नबुझाए पछि विमानस्थलले ताकेता गरेको हो ।

एयरले करिब १४ करोड रुपैयाँ भन्दा माथी बक्यौता रकम तिर्नुपर्ने देखिएकाले ताकेता गरेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । उनका अनुसार उक्त एयरले करिब डेढ वर्ष देखीको सो बक्यौता रकम नबुझाए पछि विमानस्थलले एक महिनाको लागि अन्तिम समय दिएको हो ।

एयरले भने एकै पटक उक्त रकम तिर्न नसकेको बताउँदै विमानस्थललाई पटक पटक भाका मागेको विमानस्थलका महाप्रवन्धक क्षेत्रीले जानकारी दिए । उक्त एयरले पटक पटक समय मागे पछि आफुले अन्तिम पटक एक महिनाको लागि समय दिएको क्षेत्रीले बिजखबरलाई जानकारी दिएका छन ।

अबको एक महिना भित्रमा पनि उक्त एयरले बक्यौता बापतको रकम नबुझाए एउटा बोईङ जहाज ग्राउण्डेड गर्ने क्षेत्रीले जानकारी दिए । हाल हिमालय एयरले ३ ओटा बोईङ जहाज मार्फत अन्तरराष्ट्रिय उडान गर्दै आईरहेका छन । उक्त एयरले विमानस्थललाई विलम्ब शुल्क बाहेकका बक्यौता रकम मात्रै करिब १४ करोड रुपैयाँ भन्दा माथी रहेको छ ।

विमानस्थलले भने उक्त बक्यौता रकम बुझाउन एयरलाई बारम्बार ताकेता गर्दैआई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL