Logo

बिग्रदै लगानीको वातावरण, स्वदेशी लगानी २९ प्रतिशतले घट्दा विदेशी २७ प्रतिशतले खस्कियो

बिग्रदै लगानीको वातावरण, स्वदेशी लगानी २९ प्रतिशतले घट्दा विदेशी २७ प्रतिशतले खस्कियो



काठमाडौं । देशमा राजनीतिक स्थायित्व आएर २ तिहाई बहुमतको सरकार बनेपनि लगानीकर्ताको मनोबल भने झन खस्किएको छ ।

उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक बर्ष स्वदेशी र विदेशी लगानी खस्केको छ । अघिल्लो आर्थिक बर्षको पहिलो ६ महिनाको तुलनामा स्वदेशी लगानी २९ प्रतिशतले घट्दा विदेशी लगानी भने करिव २७ प्रतिशतले घटेको छ ।

तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्म १४ अर्ब विदेशी लगानी भित्रिएकामा चालु आबको पुस मसान्तसम्म भने जम्मा १० अर्ब २३ करोड रुपैयाँ लगानी भित्रिएको छ ।

यस्तै स्वदेशी लगानी पनि अघिल्लो आर्थिक बर्षको तुलनामा २९ प्रतिशतले घटेको छ । अघिल्लो आबको पुस मसान्तसम्म १ खर्ब ६३ अर्ब रपैयाँ लगानी प्रतिवद्धता आएकोमा चालु आबको सोही अवधिमा भने जम्मा १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको हो ।

दुई तिहाई बहुमत कम्युनिष्टको सरकारले अबको आर्थिक र लगानीसम्बन्धी कस्तो नीति लिन्छ भन्ने विषयमा अन्यौल हुँदा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेको सम्वद्ध व्यवसायीहरु बताउँछन । ‘अहिले सरकारको नीति बोलाई र काम गराईको शैली एकदमै फरक छ,’ एक ब्यबसायीले भने, ‘जसले गर्दा स्वदेशी लगानीकर्ताहरु समेत हिच्किचाई रहेका छन यस्तो अवस्थामा विदेशी लगानी आउने कुरै भएन ।’ जबसम्म सरकारले लगानीको सम्बन्धमा स्पष्ट नीति ल्याउँदैन तबसम्म लगानीको वातावरण नबन्ने समेत ती व्यवसायीको दावी थियो ।

चालु आर्थिक बर्षको पुस मसान्तसम्म सबैभन्दा बढी उर्जा क्षेत्रमा मात्रै ७० अर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै यो क्षेत्रमा अघिल्लो आबको सोही अवधिमा भने ९७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । गत बर्षको तुलनामा विदेशी लगानी त खस्क्यो नै तर स्वदेशी लगानीको प्रतिवद्धतामा पनि ह्रास आएको छ ।

२ तिहाईको सरकारले लगानीयोग्य वातावरणको विकास र सोही अनुसार डुईङ विजनेसमा पनि सुधार गर्न नसक्दा लगानी प्रतिवद्धता आउन नसकेको सम्वद्ध लगानीकर्ताहरुको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL