Logo

माघ २० पछि सिएमसीसँग मेलम्चीको ठेक्का रद्द, २ अर्ब जफत, सहायक ठेकेदारमार्फत काम

माघ २० पछि सिएमसीसँग मेलम्चीको ठेक्का रद्द, २ अर्ब जफत, सहायक ठेकेदारमार्फत काम



काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले इटालियन निर्माण कम्पनी सिएमसीसंगकोे ठेक्का माघ २० गते पछि रद्द गर्ने भएको छ । प्रतिनिधि सभा विकास तथा प्रविधि समितिमा आयोजनामा प्रमुख सुर्य कँडेलले सिएमसीलाई माघ १९ गतेसम्मको समयसिमा दिएको र २० गतेपछि स्वत खारेज हुने जानकारी दिएका हुन् ।

मेलम्ची खानेपानी आयोजना र सिएमसीसँगको ठेक्का रद्द सँगै सो कम्पनीका २ अर्ब २१ करोड रुपैयाँ समेत उनले जानकारी दिए । आयोजनाले उनीहरुलाई काममा आउन केही समय अघि पत्राचार गरेको थियो । सो समयसिमा भित्र पनि नआएपछि माघ १९ को समय दिइएको थियो ।

सिएमसीसँगको ठेक्का तोडिएसँगै हाल फिल्डमा काम गरिरहेका अन्य सहायक कम्पनीबाटै बाँकी काम अघि बढाउने योजना अनुरुप अघि बढेको समेत उनले जानकारी दिए । यस अघि नयाँ प्रक्रियाबाट अघि बढ्ने विषयमा छलफल भएपनि त्यसरी अघि बढ्दा काठमाडौंबासीले समयमै मेलम्चीको पानी नपाउने भएकाले अहिले काम गरिरहेकै सहायक कम्पनीबाट काम अघि बढाउन लागिएको समेत कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL